♦इस खबर को आगे शेयर जरूर करें ♦

पूर्व सिक्किमको मार्ताममा प्री लोसुङ पर्व मनाइने

गान्तोक, 22 दिसम्बर। डेञ्जोङ गुन्की लोपी गातोन आगामी 27 दिसम्बरका दिन पूर्व सिक्किमको मार्ताम बीएसी परिसरमा प्री लोसुङ समारोह आयोजन गर्ने भएको छ। वर्ष 2021-मा भोटिया जातिको प्रमुख पर्व लोसुङ नपरेकाले गर्दा यो समितिले प्री लोसुङ समारोह आयोजन गर्ने निर्णय लिएको हो। समारोह समितिका मुख्य संरक्षक तथा सिक्किम सरकारको धर्म विभागका मन्त्री सोनाम लामाले समारोह बारे जानकारी दिँदै यसमा सबैलाई सहभागि बन्न आग्रह गरे। विशेष गरेर भोटिया समुदायका युवा पुस्तामा आफ्नो संस्कृति, संस्कार  र परम्परा बारे जागरुकता पैदा गराउने उद्देश्य राखेर प्री लोसुङ समारोह आयोजन गर्ने निर्णय लिइएको बताए।

मुख्यमन्त्री पीएस गोलेको मुख्य आतिथ्यमा आयोजन गरिने प्री लोसुङ समारोहमा भोटिया समुदायबाट विभिन्न क्षेत्रमा सफलता हासिल गरेका व्यक्तित्व र बोर्ड परिक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थिहरूलाई सम्मानित गरिनेछ। सिक्किमे एकतार सद्भावनाका रूपमा पालन गरिने यस पर्वको अवसरमा सबैलाई सहभागि बनिदिन आयोजक समितिको आग्रह रहेको छ। समारोह आयोजनाको निम्ति आयोजन समितिले भव्य तयारी शुरु गरेको छ।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129