♦इस खबर को आगे शेयर जरूर करें ♦

मल्ली निर्वाचन क्षेत्रमा 8 दिसम्बरमा ‘कृषि मेला एवं बितरण कार्यक्रम’ आयोजन गरिने

नाम्ची, 23 नोभेम्बर। राज्य कृषि, बागवानी एवं पशुपालन विभाग मन्त्री लोकनाथ शर्माले मल्ली निर्वाचन क्षेत्रमा ‘कृषि मेला एवं बितरण कार्यक्रम’ आयोजन विषय दक्षिण जिल्लाका विभागीय अधिकारीहरूसित बैठक गरेका छन्। आज आयोजित बैठकमा अतिरिक्त राजनीतिक सचिव अन्जिता राजालिम, पशुपालन विभागका अतिरिक्त निदेशक डा. अर्थलाल राई, बागवानी विभागका संयुक्त निदेशक डा. डिकेन्द्र भूजेल, कृषि विभागका संयुक्त निदेशक डा. प्रताप सुब्बा आदि उपस्थित थिए।

बैठकमा स्वयं सहायता समूहको प्रदर्शनी, ऋणको माध्यमद्वारा विकास अन्तर्गत सब्सिडाइज्ड लोन बितरण, कृषिमैत्री योजनाहरूबारे जागरूकता, टोकन बितरण आदि विषय विस्तृतरूपमा चर्चा गरियो। उक्त कार्यक्रम आठ दिसम्बर, 2021 मा आयोजन गर्ने निर्धारित गरिएको छ।

मन्त्री शर्माले कृषि मेलामा विद्यार्थीहरूको सहभागितालाई प्रोत्साहित गर्न सुझाउ राखे ताकि विद्यार्थीहरूले कृषिबारे आफ्नो व्यवहारिक कौशल बढ़ाउन सकुन्। उनले राज्यमा दूधको उत्पादन वृद्धि र नयॉं दुग्ध उत्पादक सहकारी समितिहरूको गठनपछि दुग्ध क्षेत्रमा उल्लेखनीय वृद्धि दर्ता गरिएको कुरा अवगत गराए।

डा. डिकेन्द्र भूजेलले हालैमा शुभारम्भ गरिको मुख्यमन्त्री कृषि आत्मनिर्भर योजना अन्तर्गत दक्षिण जिल्लामा पहिलो किस्ताको रूपमा उत्पादन प्रोत्साहन स्वरूप 55 लाख रूपियॉं जारी गरिएको जानकारी दिए। कृषकहरूले अधिसूचित फसल, साग सब्जी र फलहरूको निम्ति उक्त उत्पादन प्रोत्साहन सोझै आफ्नो ब्याङ्क खातामा प्राप्त गरेको पनि उनले बताए।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129