♦इस खबर को आगे शेयर जरूर करें ♦

रोहित राज महाराजको दुई दिवसीय आधिकारिक भ्रमण समाप्त

सोरेङ, 23 नोभेम्बर। मुख्यमन्त्रीका सल्लाहकार रोहित राज महाराजको दरामदिन समष्टि अन्तर्गत विभिन्न धार्मिक स्थलहरुको दुई दिवसीय आधिकारिक भ्रमण आज समाप्त भएको छ। उनको साथमा क्षेत्र विधायक एवं मन्त्री एमएन शेर्पा, खेलकुद एवं युवा मामिला विभागका सल्लाहकार मेघनाथ सुब्बा, राज्य अनुसूचित जनजाति कल्याण बोर्डका अध्यक्ष प्रेम कुमार सुब्बा, जन स्वास्थ्य अभियान्त्रिकी विभागका अध्यक्ष हरि नारायण सुवेदी, मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव मधुसूदन शर्मा, दरमदिन समष्टि स्तरीय समितिका अध्यक्ष टीका हाङ सुब्बा साथै अन्य पार्टी पदाधिकारीगण, गरीब जनकल्याण प्रकोष्ठका समन्वयक मनोज लामा, जिल्ला तथा ग्राम पञ्चायत र धार्मिक संघ संस्थानका प्रतिनिधिहरुको उपस्थिति थियो।

धार्मिक स्थलहरुको दुईदिने भ्रमणमा निस्केका मुख्यमन्त्रीका सल्लाहकार एवं आध्यात्मिक गुरु रोहित राज महाराजले दोस्रो दिन प्रथमतः अप्पर थामबोङको किरात धर्म तथा साहित्य उत्थान संघ प्रान्तीय शाखाको किरातेश्वर युमा माहिमको भ्रमण गरे। त्यसपश्चात सल्लाहकार रोहित राज महाराज र क्षेत्र विधायक एवं मन्त्री एमएन शेर्पा अनि उनीहरुको साथमा रहेको भ्रमण टोलीले सोमबारेमा अवस्थित जगादम्बिका भवानी मन्दिरमा पूजापाठ गर्नको साथै उक्त मन्दिरका समितिका कार्यकरणी सदस्यहरुसँग भेटघाट गरे।

यसरी नै लोवर थामबोङ माङ्थोलोङमा रहेको युमा माहिमका समितिसँग भेटघाट गरेर माहिमको वर्तमान अवस्था र व्यवस्थाबारे जानकारी लिए। यसरी नै रुम्बुङ युमा माङ्हिम, डेरी थामबोङ चर्च, लुङचोङस्थित दुर्गा र देवी मन्दिर, सालादाङ श्रीकृष्ण प्रणामी मन्दिर, दरमदिन स्कूल गोलाई मन्दिर, लुङ्चोक नाम्लो गाउँ माङ्हिम, लुङ्चोक चर्च, डाँडा गाउँ मन्दिर, लोवर थामबोङ चर्च, सिङ्गादेवी मन्दिर दरामदिन, साई मन्दिर दरमदिन, सेतीदेवी मन्दिर दरमदिन, लेप्चा गाउँ चर्च र साइली गोलाई चर्चको धारावाहिक रूपमा निरीक्षण भ्रमण गरे।

भ्रमण टोलीले उक्त धार्मिक स्थलको स्थलगत निरीक्षण गरि त्यहाँका वस्तुस्थितिबारे बिस्तृत जानकारी लिए। धार्मिक संघ संस्थानको प्रतिनिधिहरुले आ-आफ्नो मागहरु सल्लाहकार महाराज मार्फत सरकार समक्ष राखेका थिए। उक्त माग सबै समाबेश गरी एउटा बृहत दस्तावेज तयार परेर मुख्यमन्त्रीलाई सुम्पिने सल्लाहकार महाराजले बताए।

रिपोर्ट- सरोज गुरुङ


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129