♦इस खबर को आगे शेयर जरूर करें ♦

भाजपाका राष्ट्रिय प्रवक्ता सम्बित पात्रा विरूद्ध एफआईआर दर्ता गर्ने आदेश

नयाँ दिल्ली, 23 नोभेम्बर। दिल्लीको तीस हजारी कोर्टका मेट्रोपोलिटन मजिस्ट्रेट ऋषभ कपूरले कथित रूपमा किसानहरूको मामिलामा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको एउटा भीडियो सोशल मीडियामा पोस्ट गर्ने मामिलामा भाजपाका राष्ट्रिय प्रवक्ता सम्बित पात्रा विरूद्ध एफआईआर दर्ता गर्ने आदेश दिएका छन्।

आम आदमी पार्टी (आप) प्रवक्ता आतिशी मर्लेनाले दर्ता याचिकामा भनेकी छन्, ‘सम्बित पात्राले अरविन्द केजरीवाललाई लिएऱ आफ्नो ट्वीटर अकाउन्टमा किसानहरूसित सम्बन्धित एक भ़ड़काउ भीडियो पोस्ट गरे। फर्जी भीडियो अपलोड गरी सम्बित पात्राले अरविन्द केजरीवालको छवि खराब गर्ने प्रयास गरेका छन्। यस भीडियोबाट सामाजिक अशान्ति फैलिने आशंका छ’।

याचिकामा भनिएको छ, ‘आतिशीले दिल्लीको इन्द्रप्रस्थ थानामा 2 फरवरीमा यसको शिकायत गरेकी थिइन् तर कुनै कारबाही भएन। त्यसपछि आतिशीले तीस हजारी कोर्टमा याचिका दर्ता गरिन्’।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129