♦इस खबर को आगे शेयर जरूर करें ♦

संसदमा कृषि कानूनहरू फिर्ता लिने मितिमाथि कृषि मन्त्रालयले विचार गरिरहेछः जोशी

नयाँ दिल्ली, 23 नोभेम्बर। कोइला, खानी र संसदीय कार्य मन्त्री प्रह्लाद जोशीले कृषि मन्त्रालयले तीनै नयाँ कृषि कानूनहरूलाई संसदको आगामी शीतसत्रमा रद्द गर्नको निम्ति मितिहरूमाथि विचार गरिरहेको जनाएका छन्।

जोशीले एक संवाददाता सम्मेलनमा सोधिएको एक प्रश्नको जवाफमा भनेका छन्, ‘मन्त्रालय कृषि कानूनहरूमाथि चर्चा गर्नको निम्ति मितिहरूमाथि विचार गरिरहेछ, जसलाई शीत सत्रमा रद्द गरिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले अगावै यसको घोषणा गरिसकेका छन्। जब संसद सत्र शुरू हुनेछ तब यसलाई कहिले सूचीबद्ध गरिने तय गरिनेछ’।

केन्द्रिय मन्त्रीमण्डलले 24 नोभेम्बरमा तीनै कृषि कानूनहरूलाई फिर्ता लिनलाई अनुमति दिनसक्छ। कानूनहरूलाई फिर्ता लिनको निम्ति विधेयकहरूलाई 29 नोभेम्बरदेखि शुरू हुने संसद सत्रमा पेश गरिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले 19 नोभेम्बरमा तीनै कृषि कानूनहरूलाई निरस्त गरिने घोषणा गरेका थिए।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129