♦इस खबर को आगे शेयर जरूर करें ♦

रोहित राज महाराजको दुई दिवसीय दरामदिन समष्टिको भ्रमण शुरु

सोरेङ, 22 नोभेम्बर। मुख्यमन्त्रीका सल्लाहकार रोहित राज महाराजको दरामदिन समष्टि अन्तर्गत विभिन्न धार्मिक स्थलहरूको दुई दिवसीय आधिकारिक भ्रमण आजदेखि शुरु भएको छ। उनको साथमा खेलकुद एवं युवा मामिला विभागका सल्लाहकार मेघनाथ सुब्बा, राज्य अनुसूचित जनजाति कल्याण बोर्डका अध्यक्ष प्रेम कुमार सुब्बा, जन स्वास्थ्य अभियान्त्रिकी विभागका अध्यक्ष हरि नारायण सुवेदी, दरामदिन समष्टि स्तरीय समितिका शीर्ष पदाधिकारीगण, जिल्ला तथा ग्राम पञ्चायत र धार्मिक संघ संस्थानका प्रतिनिधिहरुको उपस्थिति थियो।

दरामदिन समष्टि अन्तर्गत विभिन्न गुम्बा, मन्दिर, चर्च र देवीस्थलको भ्रमण गर्ने क्रममा धार्मिक संस्थानका प्रतिनिधिहरूसँग संवाद गर्दै मुख्यमन्त्रीका सल्लाहकार रोहित राज महाराजले मुख्यमन्त्री प्रेमसिंह गोलेलेको निर्देशन मुताबिक विभिन्न धार्मिक स्थलहरुको वर्तमान अवस्था र व्यवस्था बुझ्न भ्रमण कार्यक्रममा निस्केको बताए।

उल्लेख्य, सल्लाहकार महाराजले अघिबाटै पश्चिम सिक्किम अन्तर्गत मानेबुङ-देन्ताम, गेजिङ-बर्मेक, रिञ्चेन्पोङ, याङथाङ, याक्सोम-टाशिडिङ र सोरेङ-च्याखुङ समष्टि अन्तर्गत विभिन्न ठाउँका धार्मिक स्थलहरूको भ्रमण गरेर त्यहाँको अवस्था र व्यवस्थाबारे बृहत रिपोर्ट तयार पर्ने काम गरिसकेका छन्। आजदेखि सल्लाहकार महाराजको दुई दिवसीय भ्रमण दरामदिन समष्टि शुरु भएको हो। अब रहल जुम-सालघारी समष्टिमा चॉंडै भ्रमण कार्यक्रम सम्पन्न हुने बताइएको छ।

आफ्नो भ्रमणको क्रममा सल्लाहकार महाराजले मुख्यमन्त्री पीएस गोलेको नेतृत्वमा रहेको एसकेएम सरकारले सबै धर्मलाई भेदभाव नगरी सम्मान दृष्टिले हेर्ने गरेको मन्तव्य जाहेर गर्दै सिक्किम अब धार्मिक पर्यटकीय गन्तव्यको रूपमा परिणत हुने बताए। उनले बताए अनुसार वर्तमान सरकारले धार्मिक पूर्वाधारको विकास गर्न रोडम्याप तयार गरि काम गरिरहेको र हालै सम्पन्न क्याबिनेट बैठकमा पनि धर्म विभागको निम्ति मुख्यमन्त्रीले 10 करोड रुपियाँ छुट्टाएर राखेको बताए।

सल्लाहकार महाराजले भने, ‘हामी सबै धार्मिक स्थलहरुको स्थलगत निरीक्षण भ्रमण गरी यहाँको वर्तमान स्थितिबारे एउटा बृहत रिपोर्ट तयार परी मुख्यमन्त्री समक्ष सुम्पिने छौं। मुख्यमन्त्री सबै धार्मिक स्थलहरुको विकासलाई लिएर सकारात्मक छन्। वहाँकै आदेश अनुसार यो भ्रमण कार्यक्रम भइरहेको छ।’

आज मुख्यमन्त्रीका सल्लाहकार रोहित राज महाराजको नेतृत्वमा रहेको भ्रमण टोलीले सिंह देवी मन्दिर दोदक, उर्गेन छ्योलिङ गुम्बा दोदक, काली मन्दिर दोदक, ज्याञ्छुप छ्योलिङ गुम्बा बढियाखोप, दिछेन छ्योलिङ गुम्बा मानेडाँडा बढियाखोप, अप्पर फाम्बुङ इपीसी चर्च अन्तर्गत वारीपारीका 9 वटा चर्च आन्देन इपीसी चर्च, च्याङबा गाउँ इपीसी चर्च, अप्पर तिक्पुर इपीसी चर्च, लोवर तिक्पुर इपीसी चर्च, सिक्ताम इपीसी चर्च, लुङ्चोक इपीसी चर्च, दलोम इपीसी चर्च, रुम्बुङ इपीसी चर्च, मुनिउँ इपीसी चर्चको प्रतिनिधिहरुलाई भ्रमण टोलीले भेटेर त्यहाँका अवस्था र व्यवस्थाबारे जानकारी लिए। यसरी नै आन्देनस्थित वालुङ गुम्बा, ओख्रे गुम्बा, लट्टेटार गुम्बा अनि रिब्दी र भरेङ गुम्बाको पनि सल्लाहकार महाराजको टोलीले निरीक्षण भ्रमण गरे।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129