♦इस खबर को आगे शेयर जरूर करें ♦

युवाहरूको भाग खोसेर आफन्तलाई पोस्ने चामलिङले आज युवाहरूको नाममा आँशु झार्नु पर्दैन: एसकेएम

गान्तोक, 22 नोभेम्बर। सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले सिक्किममा एसकेएम सरकारले कुशासन चलाइरहेको छ भनी जुन बयान दिएका छन् त्यसको सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले कड़ा रूपमा भर्त्सना अनि निन्दा जनाएको छ।

एसकेएम पार्टीको प्रचार-प्रसार प्रभाग उपाध्यक्ष बिरेन्द्र तामलिङले आज जारी एउटा प्रेस विज्ञप्तिमा भनेका छन्, ‘आफ्नो सरकार हुँदा युवाहरूको गाला पड्काउँछौं भन्दै धमास दिने चामलिङ एसकेएम सरकारले युवाहरूको निम्ति उपलब्ध गराएको अवसर र प्रोत्साहनबाट जलिरहेका छन्। एसकेएम सरकार आएपछि मात्र धेरै सृजनशील अनि लगनका साथ काम गर्ने युवाहरूमा जोश बढ़ेको छ। सरकारी मात्र होइन निजी उद्योग गरेर जीविकोपार्जन गर्ने युवाहरूको जमात बढ़ेको छ। युवाशक्तिलाई सृजनशील बनाउने दिशामा उद्यमिता प्रकोष्ठ गठन गरेर युवा वर्गलाई आफ्नो इच्छित क्षेत्रमा काम गर्न प्रोत्साहित गरिरहेको चामलिङले देखिरहेका छन्।’

सरकारी पैसामा युवाहरूलाई गाड़ी बाँड़ेको आरोप लगाउनुको साटो प्रमाणका साथ जनताअघि आउने चुनौती एसकेएमले चामलिङलाई दिएको छ। विज्ञप्तिमा अझ भनिएको छ, ‘आफ्नो सरकार हुँदा युवाहरूको हितमा एक शब्द नबोल्ने चामलिङ अहिले युवाहरू आत्मनिर्भर बनिरहेको देख्न नसकेर आफ्नो मनको भँड़ास सरकारमाथि पोख्नु पर्दैन। आफू मुख्यमन्त्री हुँदा पैसा दिइ दिइ युवाहरूको गाड़ी जलाउन लगाएर नोक्सानी पुऱ्याएको कुरा सबैलाई थाहा छ। चामलिङले सबैभन्दा पहिला ती युवाहरूको नोक्सानी भरपाई गरिदिउन्। तीन लाख युवाको छ लाख हात विपक्षी युवाहरूको गालामा बजार्ने गैरजिम्मेवारपूर्ण बयान दिने चामलिङले आज सत्ताहीन भएपछि गोहीको आँशु झार्नु पर्दैन।’

एसकेएमले चामलिङलाई उनको सरकारकालमा कति युवा आत्मनिर्भर बन्न सफल बने अनि अढ़ाई वर्षको एसकेएम सरकारकालमा कति युवाहरू आत्मनिर्भर बनिसकेका छन्, त्यसको आकलन गर्ने सुझाउ दिएको छ। उपाध्यक्ष तामलिङले भनेका छन्, ‘आफ्नो सरकार हुँदा युवाहरूको भाग खोसेर आफ्नै छोरा-छोरी र आफन्तलाई पोस्ने चामलिङलाई आज आएर युवाहरूको विषयमा बोल्ने नैतिक अधिकार छैन।’

उनले अझ भनेका छन्, ‘एक वर्षको अन्तरालमा सिक्किमका कति गरीबहरूले महल जस्तो घरमा बस्न पाएका छन्, त्यसको आँकड़ा निकालेर हेरुन्। चामलिङले बिर्सिएकै हुन् भने चुनाउअघि गरीबहरूलाई झुक्याउन घर बनाइदिने झूटो आदेश पत्र बाँड़ेको चामलिङलाई हामी सम्झना गराउन चाहन्छौं। ती गरीबहरू अहिले पनि झूटो आदेश पत्र गोजीमा बोकेर हिँड़िरहेका छन्, तिनीहरूको नोक्सानीको भरपाई पनि चामलिङले गरिदिनुपर्छ। अझ भन्नुपर्दा चामलिङले 25 वर्षमा सोच्न नसकेको शहरी क्षेत्रका गरीब परिवारहरूको हितमा सिक्किम शहरी आवास योजना अन्तर्गत पनि घर निर्माण गर्ने काम भइरहेको छ, अब चामलिङले कसरी भन्नसक्छन् गरीबको निम्ति वर्तमान सरकारले केही गरेको छैन भनेर।

अस्पतालको नाममा एउटा रित्तो बिल्डिङ उभ्याएर ठूलो डङ्का पिट्न चामलिङलाई सुहाउँदैन। चामलिङ सरकारमा दबाई र उपभोग सामग्रीका लागि लगभग 13 करोड़ रुपियाँ छुट्याइएको थियो, एसकेएम सरकार सत्तामा आएपछि यो रकमलाई बढ़ाएर 40 करोड़ रुपियाँ गरिएको छ भने अहिले बिरामीहरूले अस्पतालमा निशुल्क दबाई प्राप्त गरिरहेका छन्।’


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129