♦इस खबर को आगे शेयर जरूर करें ♦

प्रथम ग्रामस्तरीय बाल संसद गठन गरियो

गेजिङ, 22 नोभेम्बर। पश्चिम सिक्किमको साङखु रधु खाण्डुको बाल मैत्री जीपीयूमा हालैमा गठन गरिएको बाल पञ्चायतहरूलाई लिएर आज प्रथम ग्रामस्तरीय बाल संसद गठन विषय एकदिवसीय कार्यशाला आयोजन गरियो। कार्यशालाको आयोजन जिल्ला बाल सुरक्षा एकाइले गरेको थियो। कार्यशालाको मुख्य उद्देश्य बाल बालिकाहरूलाई आफ्नो अधिकारबारे आवाज उठाउन एउटा मञ्च उपब्लध गर्नु रहेको बताइएको छ।

कार्यक्रमको अध्यक्षता जिल्ला बाल सुरक्षा अधिकारी भावना सुब्बाले गरेकी थिइन्। कार्यक्रममा अनुगालयका बाल सुरक्षा अधिकारी तेज कुमार थापा, विभिन्न जीपीयूबाट प्रतिनिधिहरू आदि पनि उपस्थित थिए। जिल्ला बाल सुरक्षा अधिकारीले संक्षिप्तमा बाल अधिकार र बाल बालिका सम्बन्धित अन्य मुद्दाहरूबारे बताएकी थिइन्।

यस अवसरमा बाल पञ्चायतहरूले अनन्या चौहानलाई प्रधानमन्त्री, बीर बहादुर छेत्रीलाई उप प्रधानमन्त्री, सुप्रिया प्रधानलाई संसदीय मामिला मन्त्री र रिन्छने तामाङलाई वित्त मन्त्री निर्वाचित गरे। जिल्ला पञ्चायत र पञ्चायत सभापतिहरूको उपस्थितिमा शपत ग्रहण समारोह सम्पन्न गरियो।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129