♦इस खबर को आगे शेयर जरूर करें ♦

साम्प्रदायिक राजनीतिक दल आईएसआईएसभन्दा कम छैन- महबूबा मुफ्ती

श्रीनगर, 13 नोभेम्बर। पीडीपी अध्यक्षा एवं पूर्व मुख्यमन्त्री महबूबा मुफ्तीले शनिबार यो भनेर विवाद खड़ा गरेकी छन्, साम्प्रदायिक राजनीतिक दल आईएसआईएसभन्दा कम छैन किनभने उसले धर्म र साम्प्रदायिकताको नाममा मानिसहरूको हत्या गरेको छ। उनले भनिन्, ‘साम्प्रदायिक दल जसले मानिसहरूलाई आपस्तमा लड़ाईरहेछ, हिन्दुहरू र मुसलमानहरूबीच फाटो उत्पन्न गरिरहेछ औं धर्मको नाममा मानिसहरूको हत्यामा लिप्त छ, त्यसको तुलना आईएसआईएस र यस्ता कुनैपनि संगठनसित गर्न सकिन्छ किनभने यी दुवैले धर्मको नाममा मानिसहरूको हत्या गर्छन्’।

सलमान खुर्शीदको किताबमा प्रतिक्रिया दिँदै पीडीपी प्रमुखले भनिन्, ‘मलाई लाग्छ, यो हिदुत्व वा हिन्दू धर्मबारे होइन। असली सनातन धर्मले साम्प्रदायिकता सिकाउँदैन। यो आरएसएस, जनसंघ र भाजपा हो, जसले पूरा देशमा मानिसहरूलाई लड़ाएर स्थितिलाई साम्प्रदायिक रंग दिइरहेछ’।

उनले भनिन्, ‘उनीहरूले (भाजपा र आरएसएस) आफ्नो पार्टीहरूको नाममा हिन्दू धर्म र हिन्दुत्वको अपहरण गरेका छन् किनभने उनीहरूलाई लाग्छ, हिन्दू धर्म र हिन्दुत्व आरएसएस र बेजीपी हो तर यो सत्य होइन। जसो कि एक भनाई छ- वसुदेव कुटुम्बकम, जसको अर्थ हो- पूरा विश्व एक परिवार हो र हिन्दू धर्म र हिन्दुत्वले हामीलाई सिकाउँछ तर भाजपा र आरएसएसले जुन पाठ पढ़ाउन चाहन्छ त्यो न त हिन्दू धर्म हो न त हिन्दुत्व नै’।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129