♦इस खबर को आगे शेयर जरूर करें ♦

राष्ट्रिय सुरक्षामाथि प्रश्न चिह्न खड़ा गर्ने पार्टी राष्ट्रिय विरोधीः राजू बिष्ट

सिलगढ़ी, 13 नोभेम्बर। राष्ट्रिय सुरक्षामाथि प्रश्न चिह्न खड़ा गर्ने तृणमूल कांग्रेस राष्ट्र विरोधी पार्टी हो। बागडोगरा एयरपोर्टदेखि बाहिर आएको क्रममा शनिबार दार्जीलिङका सांसद एवं भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता राजू बिष्टले यी कुरा भनेका हुन्। उल्लेख्य, कूचबिहारको सिताईम बीएसएफको गोलीले तीन गौ तस्करको मृत्यु भएको थियो। तबदेखि बंगाल सरकारले केन्द्रलाई घेरिरहेछ।

केन्द्रमाथि राज्य सरकारद्वारा राजनीतिक हमला गर्दा दार्जीलिङका सांसद राजू बिष्टले जवाफ दिँदै भनेका छन्, ‘केन्द्रको प्रथम प्राथमिकता देशका सीमाहरूलाई बलियो बनाउनु हो। यसैले राष्ट्रिय सुरक्षालाई लिएर बीएसएफको अधिकार क्षेत्रलाई बढ़ाइएको छ। यदि कुनै पनि राज्य सरकारले प्रश्न चिह्न खड़ा गर्छ भने यो स्पष्ट छ, त्यो राष्ट्रिय विरोधी पार्टी हो। पश्चिम बंगाल सरकारले यसैले यसको विरोध गरिरहेछ किनभने सीमान्त क्षेत्रहरूमा मादक, पशु तस्करी, जाली नोटहरूको कारोबार चल्छ, जसको कट मनी तृणमूल पार्टीलाई जान्छ। यसैले तृणमूल कांग्रेसले यस प्रकारको नाटक र बयानबाजी गरिरहेछ। यसको सीधा अर्थ यही हो, तृणमूल कांग्रेस राष्ट्रिय विरोधी पार्टी हो’।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129