♦इस खबर को आगे शेयर जरूर करें ♦

बुर्तुक हेलिपेडमा एमआई 172 हेलिकप्टरको सफल अवतरण

 सिक्किमको विकासशील पर्यटन व्यवसायमा थप योगदान पुऱ्याउन सिक्किम सरकारले जनसुविधामा बढ़ोत्तरी गर्ने पहल शुरु गरिसकेको छ। बढ़दो पर्यटकहरूको घुइँचोसँगै राज्यको यातायात सुविधालाई ध्यानमा राखेर सरकारले हवाई मार्गलाई पनि प्रयोग गर्ने एउटा कदम उठाएको छ। यसको फल स्वरूप रसियन कम्पनीद्वारा निर्मित एमआई 172 हेलिकप्टरले आज बुर्तुक हेलिपेडमा सफल अवतरण गरेको छ।

अवतरण हुन अघि विमान

यसै क्रममा आज राज्यका मुख्यन्त्री प्रेम सिंह तामाङ (गोले)को उपस्थितिमा रसियन कम्पनिद्वारा निर्मित स्काईवान एयरवेजको एमआई172 हेलिकप्टरले बुर्तुक एयरपोर्टमा सफल प्रदर्शनी अवतरण गरेको छ। पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यन्त्री गोलेले भने वर्तमान यातायातको स्थिति अनि बढ़दो पर्यटन व्यवसायलाई ध्यानमा राख्दै राज्य सरकारले स्काईवान एयरवेजसँग सम्झौता गर्ने इच्छा राखेको हो।

मुख्यन्त्रीले राज्य सरकारले स्थानीय मानिसहरूसँगै पर्यटकहरूको सुविधालाई ध्यानमा राख्दै हवाई मार्ग सञ्चालनमा जोर दिएको बताए। मुख्यन्त्री अनुसार यस विमानले बुर्तुक हेलिपेड देखि बागडोग्रा, गुवाहटीसँगै बिहारको पटनासम्म पनि सेवा दिने प्रावधान मिलाउने बताए। उनले सिक्किमको एकमात्र एयरपोर्ट पाकिमसम्म पनि हेलिकप्टरले सेवा दिने उल्लेख गरेका छन्।
उनले आज यस हवाई विमानको उड़ान, अवतरण अनि यहाँको सबै सुविधालाई ध्यानमा राखेर विभागले प्रस्तुत गरेको रिपोर्ट अनुसार उक्त एयरवेजसँग सरकारले अनुबन्ध गर्नसक्ने उनले जानकारी दिए।

अर्कोतिर मुख्यमन्त्री गोलेले बुर्तुक हेलिपेडलाई बढोत्तरी गर्न राज्य सरकारले यस बजेट सेसनमा धनराशी आवण्टित गरेको पनि जानकारी दिए। उनले यसलाई जीर्णोद्धार गरेर यसलाई राम्रो अनि ठूलो बनाउने सरकारको योजना रहेको जनाए।

उल्लेखनीय छ, यस अघि राज्यमा पर्यटन विभागकै पवन हंसले राज्यका नागरिकहरूलाई सेवा पुऱ्याउँदै आइएरहेको थियो। पवन हंस सिङ्गल इञ्जिनको हवाई विमान भएको कारण यसलाई राज्यका धेरै मानिसहरूले शङ्काको भावनामा हेर्दै यसको प्रयोग गरेको त्यत्ति पाइँदैन थियो। पवन हंसले राज्यका ठूल-ठूला आपतकालहरूलाई टार्दै सेवा पुऱ्याइरहेको छ भने एमआई 172ले आफ्नो सेवा आरम्भ गरेपछि पनि पवन हंसको सेवा कार्य यथावत रहनसक्ने अनुमान लगाउन सकिन्छ।

जानकारी दिन योग्य कुरा के छ भने साल 1980मा निर्माण भएको बुर्तुक हेलिपेडले अहिलेसम्म निरन्तर सेवा दिँदै आइरहेको छ। यस हेलिपेडलाई बढोत्तरी गरे देशको निम्ति पनि एक सुलभ हेलिपेडकोरूपमा यसलाई हेर्न सकिन्छ। अर्कोतिर गान्तोक अन्तर्राष्ट्रिय सीमा क्षेत्रको नजिक भएको कारण यस हेलिपेडको बढोत्तरीले भारतीय सेनाको निम्ति सहायक हेलिपेडको रूपमा पनि प्रयोग हुनसक्ने अनुमान लगाउन सकिन्छ। समग्रमा भन्नुपर्दा यस हेलिपेडले सिक्किमे नागरिक, पर्यटन व्यवसाय साथै देशको निम्ति पनि सहायक सेवा प्रदान गर्न सक्ने देखिन्छ।

आज बुर्तुक हेलिपेडमा अवतरित एमआई 172 को क्षमता 26 सीटर रहेको छ। डबल इञ्जिनको विमान भएको कारण मानिसहरूलाई यसमा चड्न अनि यसमार्फत यात्रा गर्न कुनै शङ्का अनि असुविधा नहुने बताइएको छ। जानकारी अनुसार यस विमानले पहाड अनि तराई दुवै क्षेत्रमा बराबर सेवा दिने भएकोले यसलाई सिक्किम सरकारले लिने निर्णय लिएको बताइएको छ। यसका साथै यो विमान सबै मौसममा राम्रो सेवा दिनसक्ने पनि बताइएको छ।

 


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129