♦इस खबर को आगे शेयर जरूर करें ♦

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा नारी शक्तिको खरसाङ महकुमा समिति गठन

खरसाङ, 09 नोभेम्बर। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ पार्टी कार्यालयमा भागोप्रमो नारी शक्तिको 13 वटा समष्टि अनि टाउन कमिटीलाई लिएर महकुमा स्तरीय सभा छिरिङ दाहालको अध्यक्षतामा सम्पन्न भयो। सभाको मुख्य विषय भागोप्रमो नारी शक्ति महकुमा समितिको गठन थियो।

सभामा उपस्थित केन्द्रिय प्रतिनिधिहरूमा क्रमैले प्रभा छेत्री, समिति सागंठनिक सचिव, अनु छेत्री महकुमा संयोजिका, दिपा छेत्री टाउन कमिटी सचिव, सुर्यमणी राई मङपु लाब्दा समष्टि, मोना स्याङदेन खान 29 नम्बर समष्टि, राधिका तामाङ तकलिङ पेशोक, सुमन शर्मा सोनादा पचेङ्ग समष्टि, बन्दना रावत टुङ सन्त मेरिज समष्टि, सत्य गोले अम्बोटे पंखाबारि समष्टिले आ-आफ्नो विचार अनि सुझाउहरू सभामा राखे। प्रवक्ता आशा मुखिया लामा अनि भागोप्रमो महकुमा समितिको सचिव प्रणाम रसाईलीले पनि सभालाई सम्बोधन गरेका थिए।

सभाध्यक्षा छिरिङ दाहालद्वारा राखिएको महकुमा कार्यकारिणी सदस्याहरूको नाम प्रस्ताव सभामा सर्वसमितिद्वारा पारित भयो। सभामा नारी शक्ति खरसाङ महकुमा समितिमा अनु छेत्री अध्यक्षा, मैंया ठकुरी सचिव, जैतुन निशा उपाध्यक्ष, सुर्मयणी राई उपाध्यक्ष, सुष्मा सिंह सह सचिव, प्रणिता घिसिङ सह सचिव, पासाङ लमू भोटिया कोषाध्यक्ष, नित्य गुरुङ हुसेन सह कोषाध्यक्ष, प्रमिला मुखिया प्रवक्ता, प्रणिता घिसिङ मिडिया प्रभारी, मोना स्याङदेन खान अनि बुनु थापालाई सागंठनिक सचिव चयन गरियो। यसरी जम्मा 45 जना कार्यकारी सदस्याहरू लिएर महकुमा कमिटी गठन गरिएको जानकारी प्राप्त भएको छ।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129