♦इस खबर को आगे शेयर जरूर करें ♦

‘सिक्किम चॉंड़ै देशको पहिलो पूर्णरूपमा ‘भ्याक्सिनेटेड स्टेट’ बन्नेछ’

गान्तोक, 09 नाेभेम्बर। कोरोनारोधी टीकाको पहिलो अनि दोस्रो खुराक लगाउने राज्यहरूमा सिक्किम देशमै अग्रणी रहेको छ।

सिक्किमले कोरोनारोधी टीकाको पहिलो खुराक शतप्रतिशत प्रदान गरिसकेको छ भने दोस्रो खुराक दिने राज्यहरूमा पनि सिक्किम देशमा सबैभन्दा अगाड़ी रहेको छ। भारत सरकारको स्वास्थ्य मन्त्रालय अनुसार सिक्किमको दोस्रो डोजको आंकड़ा 92 प्रतिशत रहेको छ, जुन देशमा सर्वाधिक हो।

राज्य स्वास्थ्य एवं परिवार कल्याण विभागका महानिदेशक एवं सचिव डा. पेम्पा टी. भोटियाले राज्यको आंकड़ा अनुसार सिक्किममा कोरोनारोधी टीका लगाउनेहरू 87.69 प्रतिशत रहेको बताएका छन्।

सिक्किमले चॉंड़ै 90 प्रतिशतको आंकड़ा पनि पार गर्नेछ भन्दै 90 प्रतिशतको आंकड़ा पार गरेपछि सिक्किमलाई पूर्णरूपमा भ्याक्सिनेटेड राज्य भनेर मान्न सकिने उनले बताए। सिक्किमले यो उपलब्धी प्राप्त गर्नुमा कतिपय कारणहरू रहेको उनले अवगत गराए।

महानिदेशक एवं सचिव डा. भोटिया अनुसार यो उपलब्ध प्राप्त गर्न कोरोनारोधी टीकाकरणप्रति सिक्किम सरकारको पूर्ण समर्थन मुख्य कारण हो। यसरी नै टीकाकरणप्रति सिक्किमका राज्यपाल, मुख्यमन्त्री र मन्त्रीहरूको राजनीतिक प्रतिबद्धताले पनि ठूलो टेवा पुऱ्याएको छ।

भारत सरकारबाट प्राप्त समर्थन पनि उल्लेखनीय रहेको छ। भारत सरकारले कोरोनारोधी टीका निरन्तर आपूर्ति गरिरह्यो, जस कारण टीकाकरण अभियान निरन्तर चलिरह्यो। सिक्किममा अझै पनि पर्याप्त मात्रामा कोरोनारोधी टीका उपलब्ध रहेको छ।

सिक्किममा आइतवारको दिन पनि टीकाकरण जारी रह्यो। कुनै दिन टीकाकरण रोकिएन। यसरी नै क्षेत्र विधायक, पञ्चायतगण, पार्षदगण, एनजीओ, आंगनवाडी कार्यकर्ता सबैबाट सकारात्मक सहयोग प्राप्त भयो र सबै एउटा टीम बनेर काम गर्दा टीकाकरण सफल बन्न पुग्यो।

विभागको आईईसी दलले पनि निकै राम्रो काम गऱ्यो। भिन्न रूपले सक्षम मानिसहरू, वरिष्ठ नागरिकहरू, वृद्धाश्रम जस्ता ठाउॅंहरूमा स्वास्थ्यकर्मीहरू स्वयं पुगेर टीका लगाउने कार्य गरियो।

सरकारी कार्यालय, कोर्ट, सुधारगृह, गुम्पा आदि ठाउॅंहरूमा पनि टीकाकरण सुनिश्चित गर्ने कार्य गरियो। भारत सरकारको दिशानिर्देश अनुसार गर्भवती महिला र स्तनपान गराइरहेकी महिलाहरूको निम्ति पनि तीव्रगतिमा टीकाकरण शुरू गरियो।

सचिव डा. भोटियाले यी सबै कारणहरूले गर्दा सिक्किम आज कोरोनारोधी टीकाकरणको सन्दर्भमा सबैभन्दा अगाड़ी रहेको बताए। उनले यो उपलब्धीको श्रेय राज्यका मानिसहरूलाई पनि उतिकै जान्छ, जसले कोविड प्रोटोकलहरू पालन गरेर पूर्ण समर्थन जनाएका छन् भनी बताए।

प्रश्नहरूको जवाफमा सचिवले भारत सरकारको दिशानिर्देश अनुसार राज्य सरकारले बुस्टर डोज र 18 वर्षभन्दा कम उमेरका मानिसहरूलाई टीका लगाउने विषय काम गर्ने बताए।

उनले कतिपय कारणवश सिक्किममा डोस्रो डोज लिने मानिसहरूको संख्या पछाड़ी रहेको पनि अवगत गराए। यद्यपि, विभागले यो वर्ष 2021 भित्र नै दोस्रो डोजको लगाइसक्ने लक्ष्य लिएको पनि उनले बताए।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129