♦इस खबर को आगे शेयर जरूर करें ♦

“नेपाली भाषी गोर्खाहरु अल्पसंख्यक समुदायको राजनीतिक मुद्दा: (भाग एक)

gautam kalikote
लेखक- गौतम कालिकोटे (छेत्री)

गोर्खाल्याण्डको मागले नेपाली भाषी गोर्खाहरूको राष्ट्रियस्तरमा आफ्नो चिन्हारीको अवधारणा र संकटको समाधान गर्न सक्छ तर नेपाली भाषी गोर्खाहरूको राष्ट्रिय राजनीतिक सुरक्षाको आधारशिला निर्माण गर्न सक्दैन।
नेपाली भाषी गोर्खाहरु भारतको अल्पसंख्यक समुदाय हो। नेपाली भाषीहरुको जातको व्याख्या विश्लेषण विभिन्न दृष्टिकोणबाट गरेको पाईन्छ । विशेष गरी धार्मिक साँस्कृतिक दृष्टिकोण र समाजशास्त्रीय दृष्टिकोणबाट जातलाई परिभाषित गरेको विषयलाई यहाँ प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

सामान्यतः जात भन्नाले वंश÷जन्मका आधारमा प्रचलनमा आएको मानिसको वर्ग वा सामाजिक तह भन्ने बुझिन्छ । जहाँ कुनै विशेष वंशमा जन्म लिएको आधारमा समाजमा उसको स्थान र भूमिका निर्धारण हुन्छ । वंशको आधारमा समाजमा मानिसहरु विभाजित हुन्छन र उनीहरुको सामाजिक सम्बन्ध, सामाजिक प्रतिष्ठा, असमान तथा उच्च–निच्च र शुद्ध–अशुद्धको तहहरु निर्माण हुन्छन् ।संस्कृत भाषामा लेखिएका महत्वपूर्ण ने ग्रन्थरत्नहरूको अध्ययन, अनुसन्धान तथा विश्लेषण गरी नेपाली समाजको धर्म संस्कृतिको सम्बर्द्धन तथा रक्षा गर्ने उपायको खोजी गर्नु आजको आवश्यकता हो। आँखा चिम्लेर ती सबै ग्रन्थलाई पवित्र, अकाट्य र अपौरुषीय ठानेर अक्षरसः पालन गर्ने लिंडे ढिपी गर्नाले हाम्रो सम्पूर्ण नेपाली समाजको साझा संस्कृति र सभ्यताको विकास तथा सम्बद्र्धन हुन सक्दैन भन्ने कुरा बुझ्न कसैलाई पनि धेरै गाह्रो नहुनु पर्ने हो।

शुरवीर भनेर विश्वमा प्रसिद्धि कमाउने जनजातिहरूको उदारताको महत्वलाई राजनीतिज्ञहरूले बुझ्न नसक्नु दुःखको कुरा भएको छ। जातलाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने विश्वव्यापी विभिन्न मूल्य मान्यता, दृष्टिकोण तथा सिद्धान्तहरु स्थापित छन । नेपाली भाषीहरुको जस्तो बहुजातीय, बहुभाषिक र बहुसाँस्कृतिक भारत देशमाथि जात र जातीलाई हेर्ने, बुझ्ने, र व्याख्या गर्ने विभिन्न दृष्टिकोणहरु रहेका छन । हाम्रो जातिको इतिहास अनुसार १२५ जातजाती, १२३ भाषाभाषी र ८ प्रकारका धर्मावलम्बीहरु बसोबास गर्दछन् ।

त्यसैले यहाँका जातजाती, भाषाभाषी तथा संस्कृति सम्बन्धि अध्ययन अनुसन्धान गर्न विश्वका धेरै अनुसन्धानकर्ताहरु यहाँ आएका छन ।हामी नेपाली भाषी गोर्खा जातिको राजनीतिक दर्शन छैन।यो राजनीतिक दर्शनको अभावको कारण हामीले हाम्रो चिनारीको संकट जन्माएका हौ। इमान्दार भएर सोच्ने हो भने विश्वमा हिन्दू सभ्यता र संस्कृतिको जन्म दिने जाति हामी नै हौं भन्ने मान्यतालाई अगाडि भारतीय गोर्खाहरुको राजनीतिक सुरक्षाको बिषयमा छलफल गर्न आवश्यक छ।

आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै साँस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको भारतीय गोर्खाहरुको आधारशिला बमोजिम जाति वा समुदाय सम्झनु पर्छ । यसैले भारतीय गोर्खाहरुको चिनारीको अवधारणालाई भारतमा अल्पसंख्यक समुदायको रूपमा रहेको छ। भारतीय गोर्खाहरू गरिब किन भयो भने यसले आफ्नो समृद्ध कला र संस्कृतिलाई अर्थतन्त्रसँग जोड्न सकेन । हामी कला, साहित्य, संस्कृतिमा समृद्ध छौं तर आर्थिक रूपमा कमजोर । यी दुई तत्वलाई जोडेर अघि बढ्ने हो भने हामी पनि रोम वा पेरिसजस्तै चित्ताकर्षक बन्न सक्छौं।

क्रमशः…….

नोटः दैनिक समाचार, कविता, कथा, निबन्ध, स्वतन्त्र विचार आदि प्रकाशनको निम्ति सिक्किम जर्नलसँग सम्पर्क गर्न सक्नुहुनेछ।
पाठकहरूले यस- https://play.google.com/store/apps/details?id=com.bootalpha.sikkimjournal लिङकको सहयोगमा हाम्रो मोबायल एप पनि इन्स्टल गरेर पढ्नसक्नु हुनेछ।
निवेदक- जगन दाहाल, सिक्किम जर्नल
गान्तोक सिक्किम
मो. 8617312182 / 8768791978
ई-मेल- sikkimjournal@gmail.com

स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129