♦इस खबर को आगे शेयर जरूर करें ♦

मन्त्री लिम्बूद्वारा ‘याक्थुङ आइडल’ (सिजन-1)-को उद्घाटन

वर्तमान सिक्किम सरकारले राज्यका प्रत्येक जात-गोष्ठीको भाषा, संस्कृतिको संरक्षणका लागि प्रोत्साहित गरिरहेको मन्त्री भीमहाङ लिम्बूले बताएका छन्। उनले आज रानिपुलस्थित कृषि-महाविद्यालय प्रेक्षागृहमा आयोजित ‘याक्थुङ आइडल’ (सिजन-1)-को उद्घाटनीय समारोहलाई सम्बोधन गरिरहेका थिए।

मानुसा टेक्सटाइल, सिक्किमद्वारा प्रायोजित कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थि मन्त्री लिम्बूले विगत सरकारमा कुनै पनि जातीय तथा संस्थागत कार्यक्रमहरूमा पनि पार्टीगत झण्डा लगाएर जाने गरिएको उल्लेख गर्दै वर्तमान मुख्यमन्त्री पीएस तामाङले त्यसो हुनुनहुने सुझाउ राखेको पनि बताए। आयोजक नियारा प्रोडक्सन प्रमुख नियारा सुब्बासित आफ्नो पहिलो भेटमा नै उनी आफ्नो संस्कृति, भषा, भेषभूषा आदिको संरक्षणप्रति सचेत एवं जागरुक रहेको जान्न पाउँदा हर्ष लागेको पनि उनले बताए। प्रत्येक नागरिकले साना-सानो पहल मात्रै गरेको खण्डमा पनि सिक्किमका विभिन्न जातीय संस्कृति, परम्परा, भाषा, भेषभूषाहरूको संरक्षणमा हामी सफल बन्ने सक्ने बताउँदै नियारा प्रोडक्सनको यो पहलले हामीलाई धेरै सहयोग पुग्ने पनि बताए। लिम्बू जातिको संस्कृति धनी भए पनि त्यसको संरक्षणमा हामी सचेत नरहेको, जागरुक नरहेकोमा दुःख रहेको पनि मुख्य अतिथिले बताए।

यसरी नै विशिष्ठ अतिथिका रूपमा उपस्थित मार्ताम-रुम्तेक समष्टिका विधायक सोनान भेञ्जोङपाले आफ्नो सम्बोधनमा हामी प्रत्येकले आफ्नो संस्कृति, भेष-भूषा आदिको संरक्षणमा सचेत बन्नु आवश्यक रहेको बताए। हामी प्रत्येकले यसो गर्नसके संस्कृति संरक्षणमा सिक्किम धेरै अघि बपढ़ने, धनी बन्ने विचार व्यक्त गरे। नियारा प्रोडक्सनलाई यसका लागि सरकार तथा आफ्नो पक्षबाट पनि सहयोग हुनसक्ने बताए।

यसअघि स्वागत सम्बोधनको क्रममा याक्थुङ आइडलका प्रमुख संरक्षक एवं राज्यसरकारको पशुपालन विभागका अवकाशप्राप्त सचिव एचबी खाम्दाक मिरिङले यो ‘याक्थुङ आइडल’ किन र कुन उद्देश्य लिएर आयोजन गरिएको भन्नेबारे विस्तृत जानकारी गराएका थिए। यसमा विश्‍वका कुनै पनि भेगबाट कसैले पनि सहभागिता जनाउन सक्ने, यद्यपि सहभागि हुनचाहनेले लिम्बू भाषा अनिवार्य जानेको हुनुपर्ने बताए। प्रतियोगि अथवा सहभागिहरूको उमेर, जात, धर्म र उसको राष्ट्रियटा नहेरिने बताउँदै यसबाट केवल लम्बू जातिको भाषा-संस्कृतिलाई बढ़ावा दिने उद्देश्य रहेको उनले स्पष्ट पारे।

यसरी नै प्रोडक्सनप्रमुख नियाया सुब्बासितको कुराकानीमा उनले आजदेखि अडिशन शुरु भएको ‘याक्थुङ आइडल’-को अनलाइन पञ्जीकरण अगिबाटै भइसकेको जानकारी गराएकी छन्। यो याक्थुङ आइडल सम्भवतः दिसम्बर अन्तिमसम्ममा समापन हुने उनले बताएकी छन्।

मानसा टेक्सटायलद्वारा प्रायोजित एवं नियारा प्रोडक्शनद्वारा आयोजित ‘याक्थुङ आइडल’ सम्भवतः लिम्बू भाषा-संस्कृतिलाई ध्यानमा राखेर आयोजन गरिएको यो पहिलो हो। यसमा सिक्किमबाट लिम्बू भाषाका चर्चित गायकलाकारद्वय आरएल खाम्दाक ‘मिरिङ’ र सावन लिम्बू निर्णायक मण्डलीमा रहेका छन् भने नेपालबाट लिम्बू तथा नेपाली गीत-सङ्गीत क्षेत्रमा बहूचर्चित गायिका सुनिता थेगिम पनि निर्णायक रहेकी छन्।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129