♦इस खबर को आगे शेयर जरूर करें ♦

श्रमिकहरूको लागि राम्रो काम गर्नु सक्दैन भने यूनियनले नबोल्दा हुन्छ: श्रमिकहरू

दार्जीलिङ, 06 अक्टोबर। दशैं आउनसाथ फेरि चिया श्रमिकहरुको बोनसको मुद्दाले चर्चा पाउन थालेको छ। श्रमिकहरू वर्षभरि हुरी-बतास, आँधीबेह्री, घामपानीलाई झेल्दै, हातखुट्टा पिल्साउँदै रगत-पसिना बगाएर चियाका बोटहरूको देखरेख गर्छन्। चियाको खेती गर्न उनीहरु किस्तामा काम गर्दैनन्, तर आफ्नो अधिकार भने किस्तामा पाउँछन्। के यसलाई न्याय भनिन्छ? अहिले प्रश्न उठेको छ बोनस एकै किस्तामा दिनु उचित हो कि दुई किस्तामा भन्ने? के श्रमिकहरु बोनस एक किस्तामा चाहन्छन्? के उनीहरु बोनस दुई किस्तामा 15 प्रतिशत र 5 प्रतिशत गरेर चाहन्छन्?

तर दार्जीलिङको लिंगिया चियाबागनकी महिला श्रमिक मुन्ना सुब्बाको भावनात्मक आक्रोशले थुप्रै कुराहरुलाई खुलाएको महसुस हुन्छ। मुन्ना सुब्बा एकजना श्रमिक महिला हुन्, तर उनी हरेक श्रमिकका माध्यम हुन्। हजारौं मुन्ना सुब्बाहरुको भावनात्मक आक्रोश पनि यस्तै हुनसक्छ। श्रमिकहरुका अधिकारबारे श्रमिक संगठनहरुले आवाज उठाउँछन् अनि श्रमिकहरुलाई लिएर आन्दोलन गर्छन्। तर मुन्ना सुब्बाका यो भनाइले भने पार्टीहरुमाथि आस्था हराउँदै गएको महसुस हुन्छ। दार्जीलिङ समग्र रुपमा चियाबगानले चल्छ, तर चियाबगानको अवस्था भने दर्दनाक रहेको उनको भनाइले बुझाउँछ।

उनी भन्छिन्, ‘पार्टीमा नलागौं, पहाडको भविष्य अन्धकार छ। यसपाली चियाबगानका श्रमिकहरूको बोनस किस्तामा दिने कुन श्रमिक संगठनले निर्णय गरेको हो? त्यसको हामी घोर विरोध गर्छौं। यो निर्णयमा हामी सहमत छैनौं’ भन्दै प्रश्न गर्दै महिला चिया श्रमिक मुन्ना सुब्बाले भनिन्। उनी अझ भन्छिन्, ‘हाम्रो बोनस विषयमा सुटुक्कै यसरी सम्झौता गर्ने यूनियनको हामी घोर विरोध गर्छौं र श्रमिकहरूको लागि राम्रो काम गर्नु सक्दैन र यस्तो खेलाइञ्ची गर्छ भने अब उसो यूनियनले नबोल्दा हुन्छ।’

चिया श्रमिकहरुले धेरै मर्म बोकेर जिउन परेको मुन्ना सुब्बाको भनाइ छ। यति मात्र होइन उनको भनाइले छोरीहरुमाथि पनि गम्भीर चिन्ता दर्शाएको छ। उनको यस्तो भनाइले एक श्रमिकभित्रको असिम वेदना र पीडा उजागर भएर अघि आउँछ। चियाबगानको कठिन सङ्घर्षमय जीवन जिउनु पर्ने हुनाले उनी भन्छिन् ‘पहाडमा छोरीको जन्म नहोस्, पहाडमा यदि हुन्छ भने हामी जस्तो यहाँ सालेनी रोएर बस्नु पर्छ। यो एक्कासौं शताब्दी हो र हामी सबैको बोल्ने अधिकार छ। श्रमिकहरू आफै काम गरेर आफ्नो पैसा आफैले खोज्नु हो भने अब कुनै पार्टीको आवश्यकता छैन।’

उनले भनिन्, ‘अब पार्टीको भर नपरौं। दार्जीलिङको भर चियाबगानमाथि नै छ, तर चियाबगानको हालत यस्तो छ।’ मुन्ना सुब्बाले श्रमिकको नाममा पैसा उठाएको बताउँदै भन्छिन्, ‘हामी भिखारी होइनौं। श्रमिकको नाममा उठाएको पैसा सबै श्रमिकलाई दिइहाल्नु पर्छ।’ हरेक चिया श्रमिकहरु ह्रदयभित्र असिम वेदना सहेर संघर्षमय जीवन पुस्तौंदेखि जिउँदै आइरहेका छन्। तर श्रमिकको जीवन स्तर भने प्रगति हुनसकेन। अझै कति मुन्ना सुब्बा जस्ता श्रमिकहरु मौन छन्, तर उनीहरुभित्र पनि त्यस्तै वेदना र पीडाहरुको उथुलपुथुल भने अवश्यै मच्चिरहेकै छ। यस्ता उथुलपुथुलहरु उर्जाका रुपमा जमा भएर भविष्यको ज्वालामुखी बन्दैन भनेर किटान गर्न सकिँदैन।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129