♦इस खबर को आगे शेयर जरूर करें ♦

खरसाङमा गोजमुमोले महकुमा स्तरीय स्थापना दिवस मनाउने

खरसाङ, 06 अक्टोबर। गोर्खा जनमुक्ति मोर्चाको 15औं स्थापना दिवस पहाड़भरि महकुमा स्तरमा पालन गरिने भएको छ। यसै अनुरुप गोजमुमो खरसाङ महकुमा समितिको आयोजनामा पनि पार्टीको 15औं स्थापना दिवस पालन गर्ने भएको छ। पार्टीको 15औं स्थापना दिवसलाई हेरेर खरसाङ क्षेत्रमा र विशेष गरी कार्यक्रम स्थल गौरी शंकर क्षेत्रमा पार्टीको झण्डा लगाउने कार्य गरिएको छ।

यस विषयमा आज खरसाङ महकुमा समितिले पत्रकार भेला बोलाएर जानकारी गराएको छ। गोजमुमो खरसाङ महकुमा समितिको सचिव रोहित स्याङ्बो र महकुमा समितिको प्रवक्ता राजु सेवाले पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ महकुमा समितिले 15औं स्थापना दिवस खरसाङको गौरी चियाबारीस्थित सार्वजनिक भवनमा पालन गरिने जानकारी गराए। गोजमुमोको स्थापना दिवस दार्जीलिङमा भव्य रुपमा बनाउन सोचे पनि कोरोनाकालको कारणले महकुमा स्तरीय गरेर पालन गरिएको बताएका छन्।

दुवैले गोर्खाहरूको चिन्हारी, अस्मिता बोकेको राजनैतिक दल गोजमुमोको 15औं स्थापना दिवस पालन गरिने बताएका छन्। उनीहरूले जातिप्रेमी र माटोप्रेमी सबैलाई भोलि हुने स्थापना दिवसमा उपस्थितल भइदिने पनि आह्वान् गरेका छन्।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129