♦इस खबर को आगे शेयर जरूर करें ♦

स्व. नर बहादुर भण्डारी हाम्रो मानसपटलमा जहिले पनि जीवित रहेछन्: जेकब खालिङ

सोरेङ, 02 अक्टाेबर। सोरेङमा आयोजित भइरहेको 81औं भण्डारी जयन्तीको दोस्रो दिन मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ प्रमुख अथितिको रूपमा उपस्थित थिए। यस अतिरिक्त कार्यक्रममा क्षेत्र विधायक आदित्य गोले, खेलकुद एवं युवा मामिला विभागका सल्लाहकार मेघनाथ सुब्बा, कृषि एवं बागवानी बोर्डका अध्यक्ष सीके राणा, क्षमता एवं दक्षता विकास बोर्डका अध्यक्ष विनोद बस्नेत, महकुमा अधिकारी रञ्जन राई, सीएलसी अध्यक्ष सुकराज सुब्बा, सीएलसी महासचिव छोजाङ भोटिया आदि उपस्थित थिए।

सम्बोधन गर्ने क्रममा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले स्व. भण्डारीको सम्झाना गर्दै उनी आधुनिक सिक्किमको निर्माता हुन् भने। स्व. भण्डारीको आधुनिक सिक्किम निर्माणमा महत्त्वपूर्ण भूमिका रहेको अभिव्यक्ति जाहेर गर्दै युवा अवस्थामा भण्डारीले सरकारी नोकरी त्यागेर जनसेवाको निम्ति राजनीतिमा आएको बताए। भण्डारी एकजना राजनीतिक हस्ती मात्र नरहेर विश्वभरिका नेपाली भाषीहरुको निम्ति उनी युग पुरुष रहेको बताए।

विधायक गोले अनि आयोजक समितिका अध्यक्षको बाहुलीबाट सम्मान ग्रहण गर्दै मुख्य अतिथि जेकब खालिङ

खालिङले अघि भने, ‘स्व. नर बहादुर भण्डारी हाम्रो मानसपटलमा जहिले पनि जीवित रहनेछन्।’ छोटकरीमा सम्बोधन राख्दै खालिङले भण्डारी जयन्ती सँगसँगै गान्धी जयन्तीको शुभकामना पनि व्यक्त गरे।

कार्यक्रमबीच स्व. नर बहादुर भण्डारी जयन्ती समारोह समितिले मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङलाई स्मृति चिन्ह प्रदान गरेर सम्मानित गरे। उनलाई क्षेत्र विधायक आदित्य गोले र आयोजक समितिका अध्यक्ष विनोद बस्नेतको बहुलीबाट सम्मानित गरिएको थियो। आज अन्तरविद्यालय तर्क प्रतियोगिता र नृत्य प्रतियोगिता पनि सम्पन्न भएको थियो।

रिपोर्ट- सरोज गुरुङ (सिक्किम जर्नल सोरेङ)


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129