♦इस खबर को आगे शेयर जरूर करें ♦

पीएसबीए सोरेङ र सीएलसी सोरेङ च्याखुङ सेमीफाइनलमा

सोरेङ, १ अक्टोबर। आजदेखि सोरेङमा शुरु भएको खुल्ला पुरुष भलिबल टुर्नामेन्ट अन्तर्गत पहिलो खेलमा सीएलसी सोरेङ-च्याखुङले दरामदिन भलिबल क्लबलाई लगातार सेटमा २५-८, २५-१८ र २५-१३ प्वाइन्टको पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको छ। यसरी नै दोस्रो खेलमा पीएसबीए सोरेङले असम रेल्वेलाई परास्त गरि सेमिफाइनलमा स्थान पक्का गरेको छ।

यहाँ आयोजना भइरहेको स्व. नर बहादुर भण्डारी स्मृति भलिबल टुर्नामेन्टमा मोठ ८ वटा टिमले अंशग्रहण गरेका छन्। आजको खेलमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका ख्यातिप्राप्त खेलाडीहरु मैदानमा उत्रिएका थिए।

स्मरण रहोस्, यस टुर्नामेन्टका विजेता दललाई पाँच लाख र उपविजेता दललाई तीन लाख रुपियाँसहित आकर्षक ट्रफी प्रदान गरिने आयोजक समितिले अघिबाटै घोषणा गरिसकेका छन्। बताएका छन्। जसको फाइनल खेल आउँदो ५ अक्टोबरमा सम्पन्न हुनेछ।
आज स्वरचित कविता र नृत्य प्रतियोगिता पनि सम्पन्न भएको थियो।

भण्डारी जयन्तीको पहिलो दिनको कार्यक्रममा क्षेत्र विधायक आदित्य गोले प्रमुख अथितिको रूपमा उपस्थित थिए। उनको साथमा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, खेलकुद एवं युवा मामिला विभागका सल्लाहकार एमएन सुब्बा, कृषि एवं बागवानी बोर्डका अध्यक्ष चन्द्र कुमार राणा, आयोजक समितिका अध्यक्ष विनोद बस्नेत सँगसँगै विभागीय प्रमुख र खेलप्रेमी दर्शकहरुको उपस्थिति थियो।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129