♦इस खबर को आगे शेयर जरूर करें ♦

नेपाली भाषी गोर्खाहरूका निम्ति जनजातिको मान्यता: वरदान कि अभिशाप (भाग तीन)

गोर्खा जाति

हिमालयन बेल्टका दुई ठूला जातिहरू छन्- आर्यन- इण्डो खस र तिब्बतो-बर्मीली गोर्खा। खसमा बाहुन, छेत्री, ठकुरी, कामी, गाइने, दमाई र सार्की समावेश छन्। तिब्बतो-बर्मीलीमा राई, लिम्बू, नेवार, लेप्चा, मगर, तामाङ शेर्पा, गुरूङ, योल्मो, याखा, इत्यादि समावेश छन्। राई र लिम्बूलाई किरात भनेर चिनिन्छन्।

भारतीय गोर्खाहरू भित्रका समुदायहरूको फरक जातीय पृष्ठभूमि छ। उदाहरणका लागि लिम्बू, नेवार, लेप्चा, तामाङ(मुर्मी), मगर, शेर्पा आदि भारत जस्तो ठूलो देशमा सजिलोसँग आफ्नो चिन्हारीको परिचय प्रदान गर्न सक्छन् उनीहरूको स्वभाव र शारिरिक बनावटले। येसैले भारतीय सन्दर्भमा गोर्खा जातीय चिन्हारीलाई नेपाली भाषा, औपनिवेशिक भूतकाल, गोर्खा रेजिमेण्ट, ऐतिहासिक अनुभव, चलन, परम्परा, क्षेत्र, खाना बानी (सेलरोटी), किनेमा, गुन्द्रुक, थुक्पा, मोमो, तामाजस्ता धेरै गुणहरूद्वारा विशेषता दिएको छ भने सङ्गीत (नेपाली गीत, तामाङ सेलो), आदि छन्। परम्परागत गोर्खा टोपी र खुकुरीले हाम्रो दृश्य चिन्हारी दिन्छ।

 ऐतिहासिक तथ्यहरू

१. खस जाति

प्राचिन धार्मिक ग्रन्थहरू रामायण, महाभारत तथा पुराणहरूलाई विश्वका सम्पूर्ण हिन्दूहरूले सत्य तथ्य घटनामा आधारित भएको मान्दछन्। पौराणिक कालदेखि उत्पीडनमा परेको एकमात्र जाति खस हो। खसहरूलाई बाल्हिक देशमा बसेको हुनाले महाभारत ग्रन्थमा ‘अपवित्र’ भनी निन्दा गरिएको छ। प्राचिन धार्मिक ग्रन्थहरू रामायण, महाभारत तथा पुराणहरूले खसहरूलाई बेग्लै जातिको रूपमा उल्लेख गरेका छन्। प्राचिन धार्मिक ग्रन्थहरू रामायण, महाभारत तथा पुराणहरूलाई विश्वका सम्पूर्ण हिन्दुहरूले सत्य तथ्य घटनामा आधारित भएको मान्दछन्।

इतिहासकार रामनिवास पाण्डे आफ्नो पुस्तकमा लेख्छन् “सिन्धु घाटी सभ्यताबाट विस्थापित भएका आर्यहरू, किराँतहरू, खसहरू, तिब्बत-मङ्गोलियन मूलका जातिहरू तथा राजपूतहरू हिमालय भेगतिर पाइन्छन्।

अर्का नामी इतिहासकार हेमिल्टनको वर्णन हेरौं-

“पश्चिम हिमालय भेगका वास्तविक बासिन्दाहरू हिमाली क्षेत्रमा नै बस्ने जातिहरू थिए र खस भन्ने शब्द हिमालय भूभाग तिर बस्ने जनजातिबाट आएको हो जसलाई मैदानी इलाकाबाट आएका आक्रमणकारीहरूले संहार गरे।”

अर्का प्रसिद्ध इतिहासकार इमानसिंह चेम्जोङ लेख्छन् “कश्मीरदेखि त्रिशुली नदीसम्मको भूभाग ‘खस भूमि’ थियो र त्यहाँका बासिन्दाहरू खस थिए।”

प्रसिद्ध इतिहासकार एटकिन्सनले आफ्नो पुस्तकमा लेखेका छन् “उत्तरी हिमालयमा दरद, कश्मिरा, काम्बोजा, गान्धरा, चीना, शक, यवन, हुण तथा खसहरू बसोबासो गर्दथे। नागा, किराँत तथा खसहरू उत्तरी हिमालयमा त्यही बाटोबाट प्रवेश गरे जहाँबाट आर्यहरू आएका थिए भन्ने प्रशस्त आधारहरू छन्। किराँतहरू पहिला आए त्यसपछि नागाहरू अनि त्यसपछि खसहरू आए। एटकिन्सनले स्पष्ट रूपमा खस र आर्य दुइवटा बेग्लै नश्लका हुन् भनि लेख्नु भएको छ। प्रख्यात इतिहासकार प्रा. डा. सुरेन्द्र के.सीले आफ्नो लेख “नेपालको जातीय प्रश्न र अहिलेका चुनौती” मा स्पष्ट रूपले “खस-आर्य समानान्तर हुन् कि पृथक? भन्ने शीर्षक अन्तर्गत निम्न सत्य तथ्य कुराहरूको वर्णन गर्नु भएको छ:

आर्यहरू हिन्दू पूजाविधि र संस्कार-संस्कृतिका उपासक थिए भने खसहरू प्रकृति र मष्टोपूजक धामी परम्पराका उपासक थिए। जसको आफ्नै भाषा, भेग, मस्टो धर्म, धामी संस्कार र इतिहास छ र महत्वपूर्ण कुरा तिनीहरू मद पनि ग्रहण गर्ने भई मतवाली खस क्षत्री पनि कहलिइन्थे। भारतमा हिमाचल प्रदेश, कश्मीर, गढ़वाल, पञ्जाब, गानधार, मध्य प्रदेशतिर यो जाति पाइन्छ। प्राचीनकालदेखि नै उनीहरू जनजातिहरू हुन्। भारत सरकारबाट यो कुरालाई सही विश्लेषण नभएको कारण आज यो एउटा राजनैतिक मुद्दा बनाएको छ।

२. कामी जाति

 अर्को कामी जातिलाई हेरौं।

धारावाहिक सिरियल रामायण र महाभारतका निर्माता निर्देशक रामानन्द र दयानन्द सागर, भारतका सातौँ राष्ट्रपति ज्ञानीजैल सिंह, चर्चित अभिनेता अजय देवगण, अभिनेतृहरू रति अग्निहोत्री, जुही चावला, आशा पारेख, क्रिकेट खेलाड़ी हरभजन सिंह, हक्कीका कप्तान वीरेन्द्र सिंह, मलायम फिल्म गायक हरि दास, भारतीय चलचित्र निर्देशक भि.सन्तराम, कवि लेखक तथा निर्देशक गुल्जार आदि विश्वकर्मा समुदायलाई प्रतिनिधित्व गर्दछन् ।

साधारण अर्थमा कामी जातिको पर्यायवाची शब्द नै विश्वकर्मा हो। अर्थात् विश्वकर्मा भनेका ‘पानी नचल्ने तल्लो जात र दलित समुदायको एउटा जाति’ हुन् भन्ने बुझाइ छ। तर, विश्वकर्मालाई यति सीमित घेराभित्र मात्र बुझ्दा न्याय हुँदैन। भारतको इतिहास र हाम्रो तराई क्षेत्रको सामाजिक संस्कृतिलाई हेर्दा त्यहाँ विश्वकर्माहरू हुनेखाने वर्गमा पर्दछन् र उनीहरूमाथि खासै छुवाछूत छैन। नेपालको पहाड़ क्षेत्रमा आइपुग्दा यिनलाई दलित समुदायभित्रका बाहुन वर्ग भनेर कसैले आरोप लगाउने गरिन्छ। तर सिन्धु सभ्यतालाई नियालेर हेऱ्यौं भने, विश्वकर्मा भनेका कला, सीप, साहित्य र शालिन संस्कृति भएको तथा उत्पादनसँग जोडिएर समाजको निर्माण गर्ने कामी (सुनार)सहित दलितभित्रका अन्य जाति पनि हुन् ।

अझ, दलित आन्दोलनका दिग्दर्शक भगतसर्वजीतले समाज निर्माणको दायित्व वहन गरेर पनि विभिन्न विभेद भोगिरहेका जातिहरू सवै विश्वकर्मा हुन् भन्ने हिसाबले व्याख्या गर्दै २००३ सालमा विश्वसर्वजन स्थापना गरेर मुक्ति आन्दोलन आरम्भ गरेका थिए। यो जातिलाई दलित खस जाति भनिन्छ। जस्तो दमाई, सार्की ,गाइने आदि पनि खस जातिको दलित समुदायमा आउँछन्। छेत्री, ठकुरी खस जातिको एक जाति हो जो राजाहरूले आफ्नो भरमा जातिको विभाजन गरिएको थियो जसको फलस्वरूप आज हाम्रो समाज विभाजन भएको छ।

३. के ११ जनजातिको मुद्दा सही मुद्दा हो?

यसैको आधारमा भावनात्मक रूपमा प्रयोग गरेर गोर्खा जातिलाई भारतीय राजनीतिकज्ञहरूले शोषण गर्दै आएका छन्। खस जातिको अस्तित्व बाहुन, छेत्री, ठकुरी कामी, सार्की, दमाई र गाइने आदि हो। हामीलाई ST/SC/OBC को दर्जामा राखेर राजनीति गर्ने मौका पनि हाम्रो जातीय नेताहरूको राजनैतिक अदुरदर्शीता र अपरिपक्वताको परिणाम हो। जब हामी विभिन्न राष्ट्रिय राजनैतिक दलको खेताला भएर हाम्रो जातिको उत्पत्ति र उन्मुक्तिको काम गर्न खोज्छौं तब आफ्नो जातिको विभाजन गर्न खोज्छौं आफ्नो राजनैतिक स्वार्थको लागि। यसले गर्दा जातिले एउटा धातक परिणाम भोग्नु पर्छ।

क्रमशः……

लेखक:-गौतम कालिकोटे छेत्री, कालेबुङ पश्चिम बङ्गाल

नोटः दैनिक समाचार, कविता, कथा, निबन्ध, स्वतन्त्र विचार आदि प्रकाशनको निम्ति सिक्किम जर्नलसँग सम्पर्क गर्न सक्नुहुनेछ।
पाठकहरूले यस- https://play.google.com/store/apps/details?id=com.bootalpha.sikkimjournal लिङकको सहयोगमा हाम्रो मोबायल एप पनि इन्स्टल गरेर पढ्नसक्नु हुनेछ।
निवेदक- जगन दाहाल, सिक्किम जर्नल
गान्तोक सिक्किम
मो. 8617312182 / 8768791978
ई-मेल- sikkimjournal@gmail.com

स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129