♦इस खबर को आगे शेयर जरूर करें ♦

वाहन जहाँबाट पैसा ल्याएर बाँड़े पनि मैले मेरा छोरालाई मर्सिडिज र बीएमडब्ल्यू दिएको होइन- मुख्यमन्त्री

गान्तोक, 26 सितम्बर। उद्यमीहरू सरकारको बोझ होइन सरकारलाई टेवा दिने हुन्। राज्य सरकारले राज्यका युवाहरूलाई उद्यमी बनाउन सक्दो सहयोग गर्न एक परिवार एक उद्यमी नारा शुरु गरिएको हो। राज्यका युवाहरूलाई एक परिवार एक नोकरीको निम्ति प्रोत्साहित गरिन्छ तर उद्यमी बन्न कसैले प्रोत्साहित गरेको पाइँदैन। उक्त मन्तव्य मुख्यन्त्री प्रेम सिंह तामाङ (गोले)ले राखेका हुन्।

राज्य सरकारको ‘एक परिवार एक उद्यमी’-को नारालाई साकार पार्न आज पूर्व सिक्किमको पाकिमस्थित सन्त जेवियर स्कूलको प्रेक्षालयमा प्रथम ‘ग्रामीण उद्यमी मेला 2021’ आयोजन गरियो। सिक्किम उद्यमी एवं आर्थिक विकास सोसायटी (सीड सेल) र सिक्किम एडुकेसन सोसायटीको संयुक्त पहलमा आयोजित कार्यक्रमको उद्घाटन सत्रमा राज्यका मुख्यन्त्री प्रेम सिंह तामाङ (गोले) मुख्य अतिथि थिए।

आफ्नो सम्बोधनमा मुख्यमन्त्री गोलेले भने, सिक्किमका उद्यमी अनि साना ठेकादारहरूलाई सरकारी विभागले नै सहयोग नपुऱ्याएको कारण म दुःखित छु। वर्तमान सरकारले युवाहरूलाई सप्लाईको काम दिने गरेको छ, तर युवाहरूको आशा अनुरूप सरकारी कर्मचारीहरूबाट काम भएको छैन सहयोग भएको छैन। उनले सिक्किमका मानिसहरूमा लम्कि थाप्ने प्रवृत्ति भएको कारण युवाहरूले काम  गर्न नसकेको कुरा उल्लेख गर्दै यसै प्रवृत्तिको कारण राज्यमा बेरोजगार दर बढ़ेर गएको छ भने। बेरोजगारी बढ़्ने कुराको सिलसिलामा उनले भोलि यसकै कारण राज्यममा नचाहेको इन्सर्जेन्सी शुरु भने राज्यसँगै देशलाई पनि खतरा भएर जानेछ।

आफू व्यवस्था परिवर्तन गर्न आएको हो तर व्यवस्थाले नै आफूलाई परिवर्तन गर्न खोजेको कुरा साझा गर्दै मुख्यन्त्री गोलेले भने, परिवर्तन राजनीतिज्ञहरूबाट हुनुपर्छ। सत्तामा पुगेर हामीले व्यवस्था परिवर्तन गर्ने काम गर्दैछौं। पहिलेको जस्तो राज्य बाहिरका मानिसहरूलाई ठेका दिएर उनीहरूलाई आत्मनिर्भर होइन हामीले सिक्किमे युवाहरूलाई आत्मनिर्भरताको निम्ति प्रोत्साहित गर्दैछौं। उनले अघि भने राज्य सरकारले युवाहरूलाई मागिखाने होइन गरिखाने बनाउने उद्देश्यले काम गरिरहेको छ।

यसका साथै मुख्यन्त्रीले पूर्व सरकारमा युवाहरूलाई लोन दिँदै उनीहरूलाई लोनको भारी भिराएको कुरा उल्लेख गरे। मुख्यन्त्रीले राज्य सरकारमा अहिलेसम्म ऋण उठाउने कानुन थिएन भन्दै राज्य सरकारले यसको रूपरेखा तैयार गरिसकेको र आगामी सिक्किम विधानसभामा ल्याएर यसलाई पारित गरिने पनि जानकारी दिए। अर्कोतिर मुख्यन्त्री गोलेले आफ्नो सरकारले राज्यका युवाहरूलाई गरिखाने बनाउन वाहन बाँड़ेको कुरामा विपक्षीका आँखा दुख्दैछन् भन्दै ‘वाहन जहाँबाट पैसा ल्याएर बाँड़े पनि मैले मेरा छोरालाई मर्सिडिज र बीएमडब्ल्यू दिएको छैन’ उनले बताए।

सिक्किममा दुग्ध उत्पादनमा राज्यले गरेको प्रगति बारे बोल्दै मुख्यन्त्री गोलेले भने, अहिले सिक्किमले प्रति महिना 15 लाख लीटर दुध उत्पादन गर्दैछ। यस अघि सिलगढ़ीबाट सिक्किम मिल्क युनियन लेखिएका वाहनहरू आउने गर्दथे भने अब सिक्किमबाट सिलगढ़ीतिर दुधका वाहनहरू जाने हुनुपर्छ। मुख्यन्त्रीले अब राज्यमा एक परिवार एक नोकरी, एक परिवार एक उद्यमी सँगै एक परिवार दुई गाई भन्ने भन्ने नारा शुरु गर्ने पनि जानकारी दिए।

मुख्यमन्त्री  गोलेले राज्यमा युवाहरूलाई प्रोत्साहित गर्न राङ्का स्थित टुरिष्ट भिल्ला पनिस्थानीय युवालाई लीजमा दिइएको अनि राजधानी गान्तोकस्थित नर्किल होटल पनि स्थानीय युवालाई सञ्चालनको निम्ति दिइने जानकारी गराए। यसका साथै राज्य सरकारले पाँच मेगावाड भन्दा कम्तिका बिजुली उत्पादन परियोजना पनि स्थानीय युवाहरूको हातमा सुम्पिएर सिक्किमे उद्यमीहरूक विकास गर्ने कुरामा जोर दिने मुख्यन्त्रीले बताए।

यस अवसरमा उद्योग विभागका मन्त्री बीएस पन्तले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा उद्यमी तथा सत्तारूढ एसकेएम पार्टीका युवा नेता लाक्पा मोक्तानलाई पनि अभिनन्दन  गरिएको थियो। यसरी नै आयोजक समितिले राज्यका उद्यमीहरूलाई सम्मानित गरेको थियो भने स्टार्टअप अन्तर्गत ऋण लिनेहरूलाई चेक पनि प्रदान गरियो।

नोटः दैनिक समाचार, कविता, कथा, निबन्ध, स्वतन्त्र विचार आदि प्रकाशनको निम्ति सिक्किम जर्नलसँग सम्पर्क गर्न सक्नुहुनेछ।
पाठकहरूले यस- https://play.google.com/store/apps/details?id=com.bootalpha.sikkimjournal लिङकको सहयोगमा हाम्रो मोबायल एप पनि इन्स्टल गरेर पढ्नसक्नु हुनेछ।
निवेदक- जगन दाहाल
सिक्किम जर्नल
गान्तोक सिक्किम
मो. 8617312182 / 8768791978
ई-मेल- sikkimjournal@gmail.com

स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129