♦इस खबर को आगे शेयर जरूर करें ♦

कवि जीएस सुब्बाको दुई कृति लोकार्पित

गान्तोक, 25 सेप्टेम्बर। कवि जीएस सुब्बाको दुइवटा कविता सङ्ग्रह “विज्ञापन” र “सिलाम साक्मा”-को आज नेपाली साहित्य परिषद् सिक्किमद्वारा लोकार्पण गरिएको छ।
राजधानी गान्तोकको जीवन थिङ मार्गस्थित नेपाली साहित्य परिषद् भवनमा आयोजित समारोहमा राज्य सरकारका शहरी विकास एवम् आवास विभागका मन्त्री अरुण उप्रेती मुख्य अतिथि थिए भने परिषद्का अध्यक्ष रुद्र पौड्यालले अध्यक्षता गरेका थिए। कवि सुब्बाद्वारा सिर्जित नेपाली र लिम्बु भाषाका दुइवटा कृतिको मन्त्री उप्रेतीको बाहुलीबाट लोकार्पण गरिएको थियो।

राम गौरी संग्रहालयका संस्थापक गणेश कुमार प्रधान नेपाली साहित्य परिषदद्वारा अभिनन्दित

आफ्नो सम्बोधनमा मन्त्री उप्रेतीले डिजीटलको युग आएपछि मानिसहरूमा लेखनतर्फ ध्यान कम हुँदै गएको बताउँदै यसलाई प्रोत्साहित गर्ने पहल गर्नुपर्ने मन्तव्य गरे। नेपाली साहित्य परिषद् सिक्किमले विशेषतः विद्यार्थीहरूलाई लिएर विभिन्न प्रतिष्पर्द्धात्मक कार्यक्रममार्फत लेखन क्षेत्रलाई अघि बढाउन उनले आग्रह गरे। यसको निम्ति आफ्नो पक्षबाट पनि सहयोग गर्ने उनले आश्वासन दिए। सभाध्यक्ष रुद्र पौड्यालले राम गौरी सङ्ग्रहालय रिनाकका संस्थापक गणेश कुमार प्रधानद्वारा स्थापित सङ्ग्रहालयबारे प्रकाश पारे। उनले जीवनमा साहित्यको महत्त्वमाथि पनि आफ्नो सारगर्भित विचार राखे।

कवि सुब्बाले आफ्नो कृतिबारे प्रकाश पारेका थिए। यस अवसरमा राम गौरी सङ्ग्रहालयका संस्थापक गणेश कुमार प्रधानलाई सङ्ग्रहालयको स्थापना र संरक्षणमा उनले पुऱ्याएको उल्लेखनीय योगदानको निम्ति साहित्य परिषद्द्वारा अभिनन्दन जनाइयो। समारोहमा कवि एवम् कलाकारहरूद्वारा कविता र नृत्य प्रस्तुत गरिएको थियो। परिषद्का उपाध्यक्ष हरि ढुङ्गेलले आफ्नो स्वागत सम्बोधनसँगै कार्यक्रमको महत्त्वबारे प्रकाश पारे। परिषद्का सदस्य विष्णु राणाले सबैप्रति कृतज्ञता प्रकट गरेका थिए। सम्पूर्ण कार्यक्रमलाई परिषद्का महासचिव निलम न्यौपानेले सढ्चालन गरेका थिए।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129