♦इस खबर को आगे शेयर जरूर करें ♦

नेपाली भाषी गोर्खाहरूका निम्ति जनजातिको मान्यता: वरदान कि अभिशाप (भाग दुई)

लेखक- गौतम कालिकोटे (छेत्री)

१९९२-मा ब्राजिलको रिओ द जेनारियोमा सम्पन्न वातावरण र विकास सम्बन्धी विश्व सम्मेलनले पारित एजेण्डा २१-ले पनि आदिवासीलाई यसरी स्वीकार गरेको पाइएकोछ– “आदिवासी तथा समुदायहरुको आफ्नो भूमिसँग ऐतिहासिक सम्बन्ध रहेको छ। तिनीहरु ती भौगोलिक क्षेत्रमा रहने पहिलो बासिन्दाका सन्तान हुन्।”

यसैक्रममा संयुक्त राष्ट्र संघीय विशेष समाधिक्षक प्रा. एरिका इरेन डायसले आदिवासी सम्बन्धी कार्यदलको प्रयोजनका लागि आदिवासी अवधारणाका सम्बन्धमा भएको अन्तराष्ट्रिय अभ्यास बारे १९९६ मा प्रस्तुत कार्यपत्रमा यसरी समझदारी बनाउन सकिने उल्लेख गरेका छन्—

“क) समयको प्राथमिकता– आधुनिक राज्यको गठन हुनु पूर्वदेखि नै निश्चित क्षेत्र ओगटेको र अधिभोग गरिरहेको हुनुपर्ने।

ख) सांस्कृतिक भिन्नपन– जसमा भाषा, सामाजिक संगठन, धर्म तथा आध्यात्मिक मूल्यहरु, उत्पादनको तरिका, कानुन र संस्थापनहरुलाई स्वेच्छिक रुपमा कायम राख्ने कुराहरु पर्दछन्।

ग) स्वपहिचान र अन्य समुदाय वा राज्यद्वारा एउटा छुट्टै समुहको रुपमा मान्यता अनि यसका अधिनस्थ, सिमान्तकरण, हरण, वहिस्करण वा भेदभाव कायम हुनु वा नहुनुको अनुभव।” आदि छन्।

आफ्नो लगानी सुरक्षित गर्ने उद्देश्यले विश्व ब्याङ्कले जस्तै एसियाली विकास ब्याङ्कले पनि आफ्नो आदिवासी सम्बन्धि नीति १९९८-को भाग २ को धारा ८ देखि १२ सम्म आदिवासीहरूको दुई महत्वपूर्ण विशेषताहरु समेटेको छ—

धारा ८ मा उल्लेखित बुँदाहरु…

“क) आधुनिक राज्यहरु वा त्यसका क्षेत्रहरु सिर्जना हुनुभन्दा पहिले तथा आधुनिक राज्यको सीमाहरु परिभाषित हुनुभन्दा पहिलेदेखि एउटा निश्चित क्षेत्रमा बसोबास गरेका जनसंख्या वा समुहहरुका सन्तानहरु।

ख) सांस्कृतिक तथा सामाजिक पहिचानको निरन्तरता मूलप्रवाह वा प्रभुत्वशाली समाज तथा संस्कृतिहरुभन्दा भिन्न सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनैतिक संस्थापनहरुको जगेर्न ।”

धारा ९ मा उल्लेखित बुँदाहरु…

 “क) स्वपहिचान तथा खास समुहको सदस्यका रुपमा अरुबाट पहिचान र त्यो पहिचान संरक्षण गर्ने इच्छाको अभिव्यक्ति

ख) प्रभुत्वशाली वा मूलप्रवाहको समाजको भन्दा भिन्नै आफ्नै भाषिक पहिचान

ग) मूलप्रवाहका राष्टिय समाजबाट भिन्न आफ्नै सामाजिक, साँस्कृतिक, आर्थिक

राजनैतिक परम्परा तथा संस्थापनहरु

घ) मूलप्रवाहको पद्धतिभन्दा बढी उत्पादनको परम्परागत पद्धति तर्फ उन्मुख आर्थिक पद्धतिहरु

ङ) आफ्ना परम्परागत वासस्थान तथा पुर्ख्यौली क्षेत्र तथा त्यो बासस्थान तथा क्षेत्रका प्राकृतिक स्रोतहरुसँग विलक्षण सम्बन्ध र प्रगाढ मोह आदि

च) यस्ता समुदायहरु तथा समुहहरु धेरै जसो भौगोलिक रुपमा दुर्गमक्षेत्रहरुमा बसोबासो गर्दछन् र मूल प्रवाहका समाजको राजनैतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक पद्धतिको मोफसलको रुपमा कार्य गर्दछन्

छ) राज्य तथा राष्ट्रिय समाजमा अधिनस्थ स्थिति र विकास प्रक्रियामा सुविधाविहिन जनसंख्याको सबभन्दा गरीब निरीह समुहहरू मध्येका मानिसहरू

ज) विकास प्रक्रियामा सुविधाविहनि स्थिति ।”

यता संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)-ले भने आफैंले आदिवासीको परिभाषा गरेको छैन। तर अन्य अन्तर्राष्ट्रिय संस्थाले प्रयोग गरेका पहिचानका मापदण्डहरुलाई स्वीकार गरेको छ। यस्तै प्रतिवद्धता गर्ने आदिवासी नीति अन्तरअमेरिकी ब्याङ्क, युनेस्कोले पनि गरेका छन्।

फिलिपिन्समा आदिवासीको परिभाषा यसरी गरिएको छ–

“आदिवासी सांस्कृतिक समुदायहरु आदिवासी भन्नाले स्वपहिचान तथा अरुद्वारा पहिचान गरिएका मानिसहरुको समुह वा समरुपी समाजहरुलाई बुझाउँदछ; जो सामुदायिक परिवद्ध तथा निश्चित क्षेत्रमा एउटा संगठित समुदायको निरन्तर रुपमा बसीआएका छन्, अनि जसले, अविस्मरणीय समयदेखि स्वामित्वको दावासँगै भू–क्षेत्रहरु ओगटी, भोगचलन गरी तथा उपयोग गरिआएका छन्। यसरी नै साझा बन्धन अवलम्बन गर्दछन्, अथवा जसले, उपनिवेशिकरणको राजनैतिक, सामाजिक तथा सांस्कृतिक अतिक्रमण, गैर आदिवासी धर्म र संस्कृतिको विरुद्ध प्रतिरोध गरेकाले बहुसंख्यक फिलिपिनोहरुबाट ऐतिहासिक रुपमा अलग्गिएका छन्।

आदिवासी सांस्कृतिक समुदायहरु आदिवासीहरुले त्यसरी नै त्यस्ता जातिलाई समेट्दछ जो राज्यहरण वा उपनिवेशिकरण, वा गैरआदिवासी धर्म र संस्कृतिको अतिक्रमणको बेला, वा वर्तमान राज्यको सीमाहरु स्थापना गरिएको वेला देशमा बसोबास गर्ने जनसंख्याको सन्तान वंशजका नाताले आदिवासी मानिन्छन्। तिनीहरु आफ्ना ऐतिहासिक थलोभन्दा बाहिर पुर्नवास भएका हुन सक्दछन् तर तिनीहरुले केही वा धेरै तिनीहरुका आफ्ना सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनैतिक संस्थापनहरु कायम राखेका छन्।”

यस ऐतिहासिक पृष्ठभूमिलाई खोदल्दा भारतको नेपाली भाषी गोर्खाहरू: भोटे, लेप्चा र नेपाली सबैलाई जनजातिको अधिकार सुनिश्चित गर्न कुनै बाधा उत्पन्न हुने छैन। नेपाली भाषी गोर्खाहरू एक हुन् र उनीहरूको राजनीतिक, समाजिक, आर्थिक, सांस्कृतिक र ऐतिहासिक धरातललाई नष्ट गर्न कसैलाई हक र अधिकार तोकिएको छैन। नेपाली भाषी गोर्खाहरु भारतको अल्पसंख्यक समुदाय हो। नेपाली भाषीहरुको जातको व्याख्या विश्लेषण विभिन्न दृष्टिकोणबाट गरेको पाईन्छ। विशेष गरी धार्मिक सांस्कृतिक दृष्टिकोण र समाजशास्त्रीय दृष्टिकोणबाट जातलाई परिभाषित गरेको विषयलाई यहाँ प्रस्तुत गर्ने प्रयास गरिएको छ।

सामान्यतः जात भन्नाले वंश-जन्मका आधारमा प्रचलनमा आएको मानिसको वर्ग वा सामाजिक तह भन्ने बुझिन्छ। जहाँ कुनै विशेष वंशमा जन्म लिएको आधारमा समाजमा उसको स्थान र भूमिका निर्धारण हुन्छ। वंशको आधारमा समाजमा मानिसहरु विभाजित हुन्छन र उनीहरुको सामाजिक सम्बन्ध, सामाजिक प्रतिष्ठा, असमान तथा उच्च–निच्च र शुद्ध–अशुद्धको तहहरु निर्माण हुन्छन्।

संस्कृत भाषामा लेखिएका महत्वपूर्ण ग्रन्थरत्नहरूको अध्ययन, अनुसन्धान तथा विश्लेषण गरी नेपाली समाजको धर्म संस्कृतिको सम्बर्द्धन तथा रक्षा गर्ने उपायको खोजी गर्नु आजको आवश्यकता हो। आँखा चिम्लेर ती सबै ग्रन्थलाई पवित्र, अकाट्य र अपौरुषीय ठानेर अक्षरस पालन गर्ने लिँड़े ढिपी गर्नाले हाम्रो सम्पूर्ण नेपाली समाजको साझा संस्कृति र सभ्यताको विकास तथा सम्बर्धन हुन सक्दैन भन्ने कुरा बुझ्न कसैलाई पनि धेरै गाह्रो नहुनु पर्ने हो।

तर, यो तथ्यलाई बुझ्ने सबै चेष्टा नगरी संस्कृत भाषाको सुगा रटाइमा सम्पूर्ण बालबालिकालाई अनिवार्य रूपमा धकेल्ने अति सशक्त आधुनिक सञ्चार माध्यमलाई समेत समाजोपयोगी विषयवस्तुको प्रचारप्रसार गर्ने काममा उपयोग गर्न छाडेर संस्कृत भाषाको समाचार प्रसार गर्दै राजनीतिक फाइदा लिन खोज्ने प्रवृत्ति यहाँ देखिएको छ। शुरवीर भनेर विश्वमा प्रसिद्धि कमाउने जनजातिहरूको उदारताको महत्वलाई राजनीतिज्ञहरूले बुझ्न नसक्नु दुःखको कुरा भएको छ।

जातलाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने विश्वव्यापी विभिन्न मूल्य मान्यता, दृष्टिकोण तथा सिद्धान्तहरु स्थापित छन। नेपाली भाषीहरुको जस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक भारत देशमाथि जात र जातीलाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने विभिन्न दृष्टिकोणहरु रहेका छन। हाम्रो जातिको इतिहास अनुसार १२५ जातजाती, १२३ भाषाभाषी र ८ प्रकारका धर्मावलम्बीहरु बसोबास गर्दछन्। त्यसैले यहाँका जातजाती, भाषाभाषी तथा संस्कृति सम्बन्धि अध्ययन अनुसन्धान गर्न विश्वका धेरै अनुसन्धानकर्ताहरु यहाँ आएका छन।

तर आज भारत देशको अल्पसंख्यक समुदायको रूपमा भारतीय गोर्खाहरुको राजनीतिक सुरक्षा छैन। जाति नै नष्ट हुने स्थितिमा पुगेको छ।

क्रमशः….

लेखक:-गौतम कालिकोटे छेत्री

कालेबुङ, पश्चिम बङ्गाल

नोटः दैनिक समाचार, कविता, कथा, निबन्ध, स्वतन्त्र विचार आदि प्रकाशनको निम्ति सिक्किम जर्नलसँग सम्पर्क गर्न सक्नुहुनेछ।
पाठकहरूले यस- https://play.google.com/store/apps/details?id=com.bootalpha.sikkimjournal लिङकको सहयोगमा हाम्रो मोबायल एप पनि इन्स्टल गरेर पढ्नसक्नु हुनेछ।
निवेदक- जगन दाहाल, सिक्किम जर्नल
गान्तोक सिक्किम
मो. 8617312182 / 8768791978
ई-मेल- sikkimjournal@gmail.com

 


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129