♦इस खबर को आगे शेयर जरूर करें ♦

व्हाट्सएप ग्रुपमा साम्प्रदायिक पोस्ट साझा, एडमिन पक्राउ

कोलकाता, 23 सेप्टेम्बर। महानगर कोलकाताको भवानीपुर सीटमा उपचुनाउअघि व्हाट्सएप ग्रुप बनाएर त्यसमा चुनाउ सम्बन्धित साम्प्रदायिक पोस्ट गरेको औं अश्लील कमेन्ट आदि गरेको आरोपमा कोलकाता पुलिस टीमले एक व्हाट्सएप ग्रुपको एडमिनलाई पक्राउ गरेको छ। आरोपितको पहिचान बीरभूम जिल्लाको नानूर थानान्तर्गत घरकाल ग्राम निवासी परम रोय चौधरीको रूपमा गरिएको छ।

कोलकाता पुलिसका संयुक्त आयुक्त (अपराध) मुरलीधर शर्माले बिहीबार बिहान यसबारे जानकारी गराउँदै भने कि बुधबार अबेर राति उसलाई उसको घर नजिकबाट पक्राउ गरियो। त्यस विरूद्ध शिकायत दर्ता गराइएको थियो कि व्हाट्सएप ग्रुपमा आरोपित औं उसका साथीहरूले साम्प्रदायिक पोस्ट गरिरहेका थिए। कोलकाता पुलिसको साइबर सेलले शिकायत पाएदेखि पुलिस जाँचमा जुटेको थियो औं अब आरोपितलाई पक्राउ गरिएको छ। ग्रुपमा पोस्ट गर्ने अन्य सदस्यहरूलाई पनि पक्राउ गरिने प्रयास जारी छ।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129