♦इस खबर को आगे शेयर जरूर करें ♦

एसकेएम सरकारले पश्चिम जिल्लालाई टुरिजम सर्किटकोरूपमा विकसित गर्ने लक्ष्य राखेर काम गर्दैछ

गान्तोक, 21 सितम्बर। सरकारले गरीब खटिखानेलाई जिवीकोपार्जनको निम्ति भनेर वाहन दिँदा विपक्षीहरूको आँखा जलेर सरकारको आलोचना गरिरहेको मुख्यन्त्री पीएस गोलेको भनाइ रहेको छ। उनले आज पश्चिम सिक्किमको रिञ्चेबुङमा एउटा जन भेलालाई सम्बोधन गर्दै यस्तो बयान दिएका हुन्। उल्लेखनीय छ, दुई दिन अघि हाम्रो सिक्किम पार्टीका प्रवक्ता विराज अधिकारीले एउटा पत्रकार सम्मेलन डाकेर के एसकेएम पार्टीका कार्यकर्ताहरूमात्र गरीब छन् भन्दै प्रश्न गरेका थिए। केही दिन अघि राज्यको सत्तारूढ एसकेएम पार्टीद्वारा मुख्यन्त्रीको बाहुलीबाट केही कार्यकर्ताहरूलाई वाहनहरू प्रदान गरेको सन्दर्भमा अधिकारीले उक्त प्रश्न गरेका थिए।

मुख्यमन्त्री गोलले आज आफ्नो सम्बोधनमा विपक्षी पार्टीहरूमाथी कटाक्ष गर्दै सरकारले जतिजति राम्रो काम गर्छ उतिउति आत्तिएर प्रेस मीडियामा नानाथरिका बयान दिइरहेको बताए। यसै सन्दर्भमा उनले हालैको अस्थायी शिक्षक विवादलाई लिएर पनि विपक्षीहरूको कड़ा आलोचना गरे। जुन पार्टीको सरकारले 25 वर्षसम्म अस्थायी शिक्षकहरूलाई स्थायी गर्न सकेन त्यसै पार्टीले आज आएर आठ वर्षमा स्थायी गर्ने नयाँ सरकारको नयाँ पोलेसिलाई विरोध जनाइरहेको पनि उनले थप बताए।

राज्यमा व्यवस्था परिवर्तनको सन्दर्भमा बोल्दै आज कतिजनाले खोइ परिवर्तन भन्दै प्रश्न गरिरहेको मुख्यमन्त्रीले बताए। तर सरकार परिवर्तन भएको अढाई वर्षमा नै व्यवस्था परिवर्तन हुँदैन भन्दै व्यवस्था परिवर्तनको निम्ति पहिले मानिसको मानसिकता र सोंचमा परिवर्तन आउनुपर्ने बताए। र, यसैको निम्ति वर्तमान सरकारले रात दिन एक गरेर काम गरिरहेको उनले थप बताए।
मुख्यन्त्री गोलेले आफ्नो सम्बोधनमा पूर्व मुख्यन्त्री पवन चामलिङको नाम उल्लेख गर्दै आफू सत्तामा रहुञ्जेलसम्म हुनेखाने र ठूलाठालाहरूसित मिन्तोकगाङमा जन्म दिन मनाउने व्यक्तिले सत्ताबाट हटेपछि भोलि गरीब जनतासँग जन्मदिन मनाउन गइरहेको बताए। उनले यसरी गरीबहरूको बीचमा जन्मदिन मनाउनु आफूबाट सिको गरेको पनि बताए।

 

एसकेएम सरकारले पश्चिम जिल्लालाई टुरिजम सर्किटकोरूपमा विकसित गर्ने लक्ष्य राखेर काम गरिरहेको छ। यस दिशामा सरकारले अगावै कतिपय घोषणा गरिसकेको छ भने आज मुख्यन्त्री पीएस गोलेले रिञ्चेबुङको मेगीडाँड़ा स्थित नाग्योर रिञ्चेन छोलिङ गुम्बा परिसरमा नोबेल पुरस्कार विजेता कवि रविन्द्र नाथ टेगोरको 36 फिट अग्लो मूर्ती निर्माण गर्ने घोषणा गरेका छन्। उनले आज गुम्बाको एउटा कार्यक्रमलाई सम्बोधन गर्दै यो घोषणा गरेका हुन्। मुख्यन्त्रीले कवि रविन्द्रनाथ टेगोरको मूर्ती निर्माणको साथै गुम्बा परिसरको विकास अनि सुन्दरीकरणको निम्ति पनि आगामी वित्तीय वर्ष 2022-23को बजेटमा 31 करोड़ रूपियाँको धनराशी मञ्जुरी गर्ने घोषणा पनि गरे।

उल्लेखनीय छ, मुख्यन्त्रीको निर्देशमा हिजोमात्र पर्यटन विभागको एउटा प्रतनिधि टोलीले नाग्योर रिञ्चेन छोलिङ गुम्बाको निरिक्षण गरेर यसको विकासको प्रारूप तयार गरेर मुख्यन्त्रीलाई बुझाएको थियो। वास्तवमा पर्यटन विभागको उक्त प्रतनिधि टोलीको रिपोर्टमा पनि स्थानीय वासिको पुरानो माग भन्दै कवि रविन्द्र नाथ टेगोरको मूर्ती स्थापना गरिनुपर्न सिफारिस गरिएको थियो। यहाँ उल्लेखनीय कुरा के छ भने कवि रविन्द्रनाथ टेगोर 1913-मा रिञ्चेबुङ आएका थिए। मुख्यन्त्रीले आफ्नो सम्बोधनमा बताए अनुसार गवि टेगोरले आफ्नो महान कृतिहरूमध्ये एक गिताञ्जलीको केही अंश यहीं बसेर लेखेको बताए।

मुख्यन्त्री गोलेले आफ्नो वचनलाई अवश्य पूरा गर्ने प्रतिबद्धता जाहेर गर्दै कवि रविन्द्र नाथ टेगोरको मूर्तीले रिञ्चेबुङ क्षेत्रमा पर्यटनको थप विकास भएर जाने विश्वास व्यक्त गरेका छन्। अर्कोतर्फ पश्चिम जिल्लालाई पर्यटन सर्किटकै रूपमा विकसित गर्ने क्रममा सरकारको प्रस्ताव अनुरूप 15औं वित्त आयोगले उत्तरे नजिकको सिंगसोर ब्रीजलाई ग्लास ब्रीज बनाउने कार्यलाई मञ्जुरी दिएको र केन्द्र सरकारको अनुमोदनको प्रतिक्षामा रहेको मुख्यन्त्रीले बताएका छन्। यसरी नै दक्षिण पश्चिमको सीमा क्षेत्र नयाँ बजारदेखि उत्तरेसम्मको राष्ट्रिय राजमार्ग निर्माण गर्ने सरकारको योजना पनि रहेको जानकारी दिँदै यो निर्माण कार्य सम्भव भए उत्तरे र चिवा भञ्ज्याङ अन्तर्राष्ट्रिय व्यापार क्षेत्र बन्न सक्ने बताए। उल्लेखनीय छ,, उत्तरेबाट चिवा भञ्ज्याङसम्मको सड़क मार्ग निर्माणाधिन अवस्थामा रहेको छ भने यसको निर्माण कार्य पूरा गर्न सरकारले यस वर्षपनि बजेटमा20 करोड़ रुपियाँको प्रावधान राखेको छ।

राज्यका गुरुङ समुदायलाई सम्बोधन गर्दै उनले एक जुट भएर अघि बढ्न आग्रह गरे। पूर्व सरकारले गुरुङहरूलाई विभाजित गरेको कारण गुरुङ समुदायको विकास हुननसकेको दावी गर्दै मुख्यन्त्रीले उनीहरूलाई एकजुट हुन आग्रह गरेका हुन्। सरकारले गुरुङहरूको रोधीघर गान्तोक र छुबा पर्विङमा निर्माण गर्ने प्रस्तावलाई मञ्जूरी दिएको जानकारी दिँदै उनीहरूलाई मिलेर यो कार्य पूरा गर्न आग्रह गरे। विधायक तथा मन्त्रीहरूलाई जिम्मेवारीपूर्वक आफ्नो क्षेत्रमा कार्य गर्ने पनि उनले आग्रह गरे। चुनाउलाई ध्यानमा राखेर होइन तर जनताले 2024सम्मका निम्ति मतदान दिएकाले गर्दा विधायक तथा मन्त्रीहरूले इमान्दारपूर्वक जनताको काम गर्ने अपील गरे। 2024को चुनाउमा आफ्नो टिकट सुरक्षित हुन्छ या हुँदैन भन्ने विषयलाई मन्त्री तथा विधायकले ध्यान दिन नहुने उनले अपील गरे।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129