♦इस खबर को आगे शेयर जरूर करें ♦

एसकेएमले 25 साल टुक्रिएको समाजलाई एक गर्ने काम गर्दैछ- मन्त्री उप्रेती

गान्तोक, 20 सितम्बर। धारावाहिकरूपमा चलिरहेको सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको निर्वाचन क्षेत्र स्तरीय समन्वय सभा आज रङ्गेलीस्थित मेला ग्राउण्डमा सम्पन्न भयो। एसकेएम महासचिव तथा सिक्किम सरकारका मन्त्री अरुण उप्रेतीको मुख्य आतिथ्यमा सम्पन्न भएको यस समन्वय सभामा रिनक नर्वाचन क्षेत्रका विधायक तथा पार्टीका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार खतिवडा, नाम्चेबुङ निर्वाचन क्षेत्रका विधायक एम प्रसाद शर्मा, मुख्यमन्त्रीका गोपनीय सचिव विकास बस्नेतलगायत पार्टीका विभिन्न अहोदामा रहेका कार्यकारी सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री अरुण उप्रेतीले आज छुजाचेन निर्वाचन क्षेत्रबाट एसकेएम पार्टीमा शामेल हुनेहरूलाई स्वागत जनाउँदै एसकेएम पार्टी समुद्र हो त्यसैले पार्टीमा शामेल हुने सबै एक सरह हुन् भने। उनले पार्टीले नयाँ अनि पुराना सदस्यहरूबीच भेदभाव नहुने र सबैलाई एसकेएम पार्टीका परिवारकोरूपमा स्वीकार गरिने जानकारी दिए।

उनले पार्टी कार्यकर्ताहरूलाई कसैले पनि व्यक्ति नबोकेर केवल टेवल लेम्पलाई नै आफ्नो निर्वाचन क्षेत्रको आउँदो उम्मेद्वार मानेर पार्टीमा काम गर्ने अपील गरे। उनले एसकेएम पार्टीका कार्यकर्ताहरूले केवल तीनवटा कुरालाई ध्यान दिनुपर्ने बताउँदै एसकेएम पार्टी, पार्टी अध्यक्ष र पार्टीको चुनाव चिन्हलाई शीरोपर राखेर काम गर्ने सल्लाह दिए। उनले साल 2019को चुनाउमा छुजाचेनबाट एसकेएम पार्टी हार्नुको कारण महत्वाकाङ्क्षी व्यक्तिहरूले गर्दा हो भन्दै साल 2024मा ग्रुपिजम नगरी पार्टीलाई विजयी दिलाउने सल्लाह दिए।
पूर्व मुख्यमन्त्री पवन चामलिङमाथि कटाक्ष प्रहार गर्दै भने, पूर्व सरकारका नेता कसैलाई नेता बनाउन नचाहाने व्यक्ति थिए। तर त्यसको विपरित वर्तमान सरकारका नेता सबैलाई नेता बनाउन चाहान्छन्। उनले पूर्व सरकारका व्यक्तित्व 25 सालमा नगरेको काम अब गर्छु भन्दै आउँदैछन्, जनताले सोध्नुपर्छ कि 25 सालमा नगरेको काम अब कहिले गर्ने भनेर। उनले विगतका 25 वर्षमा टुक्रिएको समाजलाई एक गर्ने कामममा एसकेएम पार्टी लागि परेको पनि बताए।

मुख्य अतिथि मन्त्री उप्रेतीले रङ्गेली बजारमा कार पार्किङ, कम्यूनिटी हल, रङ्गेली पूल आदि निर्माणको निम्ति आगामी वित्तीय सत्रमा आर्थिक आवण्टन गरिने जानकारी दिए। यस अतिरिक्त उनले एसडीएफ पार्टी फेरि पनि घर दैलोमा आएर पहिलेको जस्तै जात जातमा विभाजनकारी राजनीति गर्न सक्नेछ भन्दै त्यस्तो गर्न नदिन जनताले नै पहल गर्नुपर्ने शङ्केत दिए।

आफ्नो सम्बोधनमा विधायक विष्णुकुमार खतिवडाले भने, आफू रिनाकको विधायकसँगै अहिले छुजाचेनको प्रभारी पनि हुन्। आफू आफ्नो कार्यकालमा यी दुवै निर्वाचन क्षेत्रमा बराबरी विकास गर्ने प्रयास गर्नेछु भन्दै छुजाचेनका जनतालाई आश्वासन दिएका छन्। उनले सम्बोधनमा भने, पार्टीमा विभाजनकारी कार्य हुनुहुँदैन। म जनतालाई झुक्काउने काम गर्दिन तीन सालमा सही विकास गरेर यहाँका जनतालाई खुशी तुल्याउनेछु।

यस अवसरमा छुजाचेन निर्वाचन क्षेत्रका जनताले अन्य पार्टीलाई त्यागी एसकेएम पार्टीको झण्डा स्वीकारेका छन्। पार्टीमा आउनेहरूलाई मुख्य अतिथि अनि विशिष्ट अतिथिहरूले खदा लगाएर स्वागत जनाएका थिए। जानकारी अनुसार यस अवसरमा 418 जनाले एसडीएफ पार्टीलाई त्यागेर एसकेएममा शामिल भएका हुन्। उल्लेख गरिन्छ, साल 2019को विधानसभा चुनाउमा यस निर्वाचन क्षेत्रबाट एसकेएम पार्टीको हार भएको थियो भने एसडीएफ पार्टीले विजयी हासिल गरेको थियो। अहिले एसडीएफ पार्टीबाट विजयी विधायक भाजपामा शामिल भएका छन्।

नोटः दैनिक समाचार, कविता, कथा, निबन्ध, स्वतन्त्र विचार आदि प्रकाशनको निम्ति सिक्किम जर्नलसँग सम्पर्क गर्न सक्नुहुनेछ।
पाठकहरूले यस- https://play.google.com/store/apps/details?id=com.bootalpha.sikkimjournal लिङकको सहयोगमा हाम्रो मोबायल एप पनि इन्स्टल गरेर पढ्नसक्नु हुनेछ।
निवेदक- जगन दाहाल
सिक्किम जर्नल
गान्तोक सिक्किम
मो. 8617312182 / 8768791978
ई-मेल- sikkimjournal@gmail.com

स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129