♦इस खबर को आगे शेयर जरूर करें ♦

यूरोपीय आयोगले अफगानिस्तानलाई 118 मिलियन अमेरिकी डलरको मद्दत गर्ने

ब्रुसेल्स, 15 सेप्टेम्बर। यूरोपीय आयोगकी अध्यक्ष उर्सुला वन डेर लेयेनले अफगानिस्तानमा मानवीय आपदालाई रोक्नको निम्ति अफगानिस्तान मानवीय सहायतामा अतिरिक्त 100 मिलियन यूरोको वृद्धि गर्ने बताएकी छन्। उर्सुलाले आज ट्वीट गरी भनिन्, ‘हामी अफगानिस्तानका नागरिकहरूको साथ छौं। हामीले मानवीय आपदालाई टार्नको निम्ति सबै कुरा गर्नपर्नेछ। यसैले गर्दा एक नयाँ प्याकेज अन्तर्गत 100 मिलियन यूरो (118 मिलियन अमेरिकी डलर) को वृद्धि गर्नेछौं’। यसअघि संयुक्त राष्ट्रले 1.2 बिलियन अमेरिकी डलरको राहत दिने वाचा गर्ने देशहरूलाई छिटोभन्दा छिटो फण्ड रिलीज गर्नलाई भनेका थिए जसबाट अफगानिस्तानमा संकटग्रस्त मानिसहरूको छिटोभन्दा छिटो मद्दत गर्न सकियोस्।

यूएनका अध्यक्ष स्टीफन दुजारिकले पनि भनेका थिए, ‘विभिन्न देशहरूको तर्फबाट मानवीय मद्दत दिने घोषणा उच्च स्तरीय कन्फ्रेन्समा गरिएको थियो। वाचालाई पूरा गर्ने अब समय आएको छ, जसबाट मानवीय सहयोगी, राष्ट्रिय र अन्तरराष्ट्रिय गैर सरकारी संगठन मिलेर यस फण्डको प्रयोग अफगानिस्तानका मानिसहरूलाई खाद्य सामग्री, स्वास्थ्य उपकरण र अफगानी नानीहरू, महिलाहरू र पुरूषहरूको मद्दतको निम्ति गर्न सकियोस्’।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129