♦इस खबर को आगे शेयर जरूर करें ♦

क्याबिनेटः रवि फसलहरूमा विपणन सीजन 2022-23 को निम्ति एमएसपीको घोषणा

नयाँ दिल्ली, 08 सेप्टेम्बर। केन्द्र सरकारले रवि फसलहरूमा विपणन सीजन 2022-23 को निम्ति न्यूनतम समर्थन मूल्य (एमएसपी) मा वृद्धि गरेको छ। यसमा गत सालको तुलनामा गहुँमा 40 रूपियाँ र चानामा 130 रूपियाँ प्रति क्विन्टलको वृद्धि गरिएको छ। केन्द्र मन्त्रीमण्डलको आर्थिक मामिलाहरूको समितिले बुधबार फसलहरूको एमएसपी बढ़ाउने फसेला गरेको छ। केन्द्र सरकार अनुसार, यस वर्ष गहुँ 40 रूपियाँ, जौमा 35 रूपियाँ, चानामा 130 रूपियाँ, मसुर र सरसोंमा 400 रूपियाँ र कुसुममा 114 रूपियाँ वृद्धि गरिएको छ। यस वृद्धिको साथ विपणन वर्ष 2022 मा गहुँको न्यूनतम समर्थन मूल्य 2015 रूपियाँ, जौ 1635 रूपियाँ, चाना 5230 रूपियाँ, मसूर 5500, सरसोंको 5050 रूपियाँ र कुसुमको 5441 रूपियाँ खरीद गरिनेछ। सरकारको भनाई छ, एमएसपीको वर्तमान घोषणा केन्द्रिय बजट- 2019 मा उत्पादनभन्दा डेढ़ गुणा धेरै दर दिइने घोषणामाथि आधारित छ।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129