♦इस खबर को आगे शेयर जरूर करें ♦

पश्चिम बंगाल: भाजपा सांसद अर्जुन सिंहको घरमा बम फ्यॉंकियो, आरोप तृणमूलमाथि

कोलताका, 08 सेप्टेम्बर। कोलकाता नजिक उत्तर 24 परगनाको ब्यारकपुरबाट भाजपा सांसद अर्जुन सिंहको घरमा बम फ्यॉंकियोको छ। नकाबधारी आक्रमणकारीहरूले उनको घर र उनको सुरक्षामा तैनात रहने सीआईएसएफ ब्यारकमा बफ फ्यॉंकेका छन्।

घटना बुधवार बिहान 6:00 बजीको हो। सांसदले बिहान तृणमूल कांग्रेससित सम्बन्धित अपराधीहरूले उनको घरको दैलोमा बम फ्यॉंकेको आरोप लगाए। दोस्रो बम सीआईएसएफका जवानहरू बस्ने ठाउॅंमा फ्यॉंकिएको पनि उनले बताएका छन्।

सिंहले हमलाको घटना सत्तारूढ़ पार्टी तृणमूल कांग्रेस र ब्यारकपुर पुलिस कमिश्नरेटको देखरेखमा भएको पनि आरोप लगाएका छन्। उनले केन्द्रिय गृह मन्त्रालयसित यस सम्बन्धमा शिकायत गर्ने चेताउनी दिएका छन्। सिंहले तृणमूल कांग्रेसमाथि उनको हत्या गरेर बाटो सफा गर्न चहान्छ भन्ने पनि आरोप लगाएका छन्।

यस सम्बन्धमा तृणमूलले अहिलेसम्म कुनै प्रतिक्रिया गरेको छैन। पुलिस सूत्रहरू अनुसार घटनाको जॉंच गरिॅंदैछ। तर, अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129