♦इस खबर को आगे शेयर जरूर करें ♦

विद्या भारती सिक्किमका शिक्षकहरू घर घर पुगेर नानीहरूलाई पढ़ाउॅंदै

गान्तोक, 07 सेप्टेम्बर। पूर्व जिल्ला अन्तर्गत विद्या भारती सिक्किमको पाचेखानीस्थित सरस्वती विद्या निकेतनमा आज अर्धवार्षिक परीक्षाको परिणाम घोषणा एवं प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरियो। आज कोरोना महामारी अवधि सञ्चालित अनलाइन शैक्षिक सत्र तथा अन्य गतिविधिहरूको परिणाम घोषणा गरियो। यस अवसरमा विद्यालयका शिक्षकहरू, विद्यालय प्रबन्धन समितिका सदस्यहरू र विद्यार्थीका अभिभावकहरू उपस्थित थिए।

कोरोना महामारीमा पनि विद्यालयका शिक्षकहरूले अनलाइन माध्यमद्वारा नानीहरूलाई शिक्षा प्रदान गरिरहेकोमा अभिभावकहरूले खुशी व्यक्त गरे। कार्यक्रममा सम्पूर्ण विषयहरूको आकलनका साथै भावी योजनामाथि पनि छलफल गरिएको थियो। कार्यक्रममा विद्यालय सचिव कुलछत्र प्रसाद शर्मा, प्रधानाचार्य सुखदेव भण्डारी तथा अन्यहरू उपस्थित रहेको जानकारी विद्या भारती सिक्किमका संयोजक मोहन शर्माले दिएका छन्।

दक्षिण सिक्किम अन्तर्गत मलबासे सरस्वती विद्या निकेतनका आचार्यद्वय इन्दिरा शर्मा र नर्मदा गुरूङले दलेप रेसप बस्तीमा पुगेर नानीहरूलाई घर घरमा पढ़ाउने काम गरिरहेका छन्। अहिले वर्षाका कारण सडक मार्गको अवस्था पनि राम्रो छैन भने अहिले प्राथमिक पाठशाला शुरू हुने कुनै छॉंट देखिएको छैन। यस विषयलाई ध्यानमा राख्दै शिक्षकहरू घर घर पुगेर नानीहरूलाई पढाउन थालेका छन्।

नोटः दैनिक समाचार, कविता, कथा, निबन्ध, स्वतन्त्र विचार आदि प्रकाशनको निम्ति सिक्किम जर्नलसँग सम्पर्क गर्न सक्नुहुनेछ। पाठकहरूले गुगल प्ले स्टोर मार्फत sikkim journal मोबायल एप पनि इन्स्टल गरेर पढ्नसक्नु हुनेछ।
https://play.google.com/store/apps/details?id=com.bootalpha.sikkimjournal
निवेदक- जगन दाहाल
सिक्किम जर्नल, गान्तोक सिक्किम
मो. 8768791978/8617312182
ई-मेल- sikkimjournal@gmail.com

स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129