♦इस खबर को आगे शेयर जरूर करें ♦

गोरामुमो अध्यक्ष मन घिसिङ कालेबुङ भ्रमणमा

कालेबुङ, 07 सेप्टेम्बर। गोरामुमो अध्यक्ष मन घिसिङले कालेबुङ भ्रमण गरी गोरामुमो कालेबुङका शीर्ष नेतृत्ववर्ग, भ्रातृ संगठनका सम्पूर्ण नेतृत्ववर्ग अनि कार्यकर्ताहरुसंग भेट गरी सांङ्ठनिक गतिविधि अनि दिल्लीमा हुने त्रिपक्षीय वार्ता विषय लिएर व्यापक चर्चा परिचर्चा गरेका छन्।

कालेबुङ अलगडा अनि शेर्पा डाँडा भ्रमण गरी शेर्पा डाँडामा कार्यकर्ताहरुलाई सम्बोधन गर्ने क्रममा मन घिसिङले वर्तमान समयमा हामी कही कतै पनि ढलफल हुनु हुँदैन भन्दै म मुद्दामाथि केन्द्रित छु, पहाडको राजनैतिक हावा र अफवाहमा हामी भुलिनु हुँदैन, दिल्लीमा तपाईं हाम्रो निम्ति ढोका खोलिएको छ, यो गोर्खा जातिको निम्ति ठूलो उपलब्धि हो र यो केवल गोरामुमोको मात्र उपलब्धि होइन, तर यसमा सबैको योगदान छ भनी बताए।

उनले अन्य राजनैतिक दलहरुलाई पनि अपील गर्दै तपाईं हामी सबै एक हुनुपर्छ, किनभने यो सबैको निम्ति हो, सांसद राजु विष्टले आफ्नो अह्म भूमिका निभाउँदै आएका छन्, दिल्लीमा निभाउनु पर्ने कर्तव्य इमानदारीपूर्वक निभाएका छन् र यसको निम्ति म सांसद राजु विष्टलाई धन्यवाद दिन चहान्छु भनी बताए। मन घिसिङले आज राजु विष्टको बदलामा कोही अरु भएको भए शायद हामीलाई गाह्रो पर्ने थियो होला भन्दै सांसद राजु विष्ट सांसद भएपछि आफ्नो कार्य निरन्तर गरिरहेको बताए। उनले आज वार्ताको ढोका खोलिएको छ, यसकारण तपाई हामी अलमलिनु हुँदैन, विगत दश वर्षमा के भयो, कसो भयो त्यसको हिसाब म दिन सक्दिन, तर दुई वर्षदेखि हामी जाति र माटोको मुद्दाको निम्ति लागिपरेका छौं, हामीले न्याय पाउनेछौं भनी मन घिसिङले बताए।

कालेबुङ भ्रमणको क्रममा गोरामुमो केन्द्रिय समिति उपाध्यक्ष मौरिस कालिकोटे, विधायक निरज जिम्बा, केन्द्रिय समिति सेक्रेटरी जनरल दावा शेर्पा, केन्द्रिय समिति सदस्य भक्त जैरु, प्रवक्ता वाई. लामा, गोरायुमो कालेबुङ ब्राञ्च कमिटीका अध्यक्ष बुद्ध तामाङ आदि पनि उपस्थित थिए।

नोटः दैनिक समाचार, कविता, कथा, निबन्ध, स्वतन्त्र विचार आदि प्रकाशनको निम्ति सिक्किम जर्नलसँग सम्पर्क गर्न सक्नुहुनेछ। पाठकहरूले गुगल प्ले स्टोर मार्फत sikkim journal मोबायल एप पनि इन्स्टल गरेर पढ्नसक्नु हुनेछ।
https://play.google.com/store/apps/details?id=com.bootalpha.sikkimjournal
निवेदक- जगन दाहाल
सिक्किम जर्नल, गान्तोक सिक्किम
मो. 8768791978/8617312182
ई-मेल- sikkimjournal@gmail.com

स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129