♦इस खबर को आगे शेयर जरूर करें ♦

सिक्किमका शिक्षकद्वय मिङ्गमा शेर्पा र प्रेमदास छेत्री ‘राष्ट्रिय शिक्षक पुरस्कार 2021’ ले सम्मानित

गान्तोक, 05 सेप्टेम्बर। देशका राष्ट्रपति रामनाथ कोविन्दले आज ‘राष्ट्रिय शिक्षक दिवस’ को अवसरमा भारत सरकारको शिक्षा मन्त्रालयद्वारा नयॉं दिल्लीमा आभासीरूपमा आयोजित एक राष्ट्रियस्तरको कार्यक्रमबीच देशभरिका 44 शिक्षकलाई राष्ट्रिय शिक्षक पुरस्कारले सम्मानित गरे।

यो वर्ष सिक्किमका दुई शिक्षक पनि राष्ट्रिय शिक्षक पुरस्कारले सम्मानित बनेका छन्। सम्मानित बन्नेहरूमा उत्तर सिक्किमको लुमस्थित सरकारी प्राथमिक पाठशालाका शिक्षक मिङ्गमा शेर्पा र राजधानीको सर टाशी नामग्याल उच्चतर माध्यमिक विद्यालयका पीजीटी प्रेमदास छेत्री सामेल रहेका छन्। सिक्किमका शिक्षकद्वय पनि राजधानीको एनआईसीबाट भिडियो कन्फ्रेन्सिङको माध्यमद्वारा उक्त कार्यक्रममा सहभागी बने। यस अवसरमा शिक्षा विभागका अतिरिक्त मुख्य सचिव जीपी उपाध्याय, सचिव अनिलराज राई तथा अन्य अधिकारीहरू पनि उपस्थित थिए।

राष्ट्रपतिको तर्फबाट शिक्षकहरूलाई शिक्षा विभागका अतिरिक्त मुख्य सचिव जीपी उपाध्यायले पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरे। आफ्नो संक्षिप्त सम्बोधनमा राष्ट्रपतिले शिक्षक दिवसको ऐतिहासिक महत्व अनि व्यक्तिको जीवनमा शिक्षकहरूको भूमिकाको महत्वमाथि पनि प्रकाश पारेका थिए। उनले सम्मानित बन्ने शिक्षकहरूलाई बधाई दिॅंदै उज्जवल भविष्यको निम्ति काम गर्न जारी राख्ने आह्वान गरे। उनले शिक्षकहरूलाई बद्लिॅंदो समयको माग र आवश्यकता अनुसार शिक्षणमा अभिनव तरिका अपनाउन आह्वान गरे।

अतिरिक्त मुख्य सचिव उपाध्यायले पुरस्कृत बन्ने शिक्षकहरूलाई बधाई दिॅंदै शिक्षकहरूले राष्ट्र अनि राज्यलाई सम्मानित तुल्याएको बताए। उनले विगत केही वर्षदेखि सिक्किमले यस क्षेत्रमा एकभन्दा धेरै पुरस्कार प्राप्त गर्दै आइरहेको अवगत गराए। उनले उम्मेदवारहरूको नाम सावधानीका साथ चयन गरेर शिक्षा मन्त्रालयमा सिफारिश गरेकोमा विभागका अधिकारीहरूप्रति पनि आभार व्यक्त गरे।

यस अवसरमा देशभरिका सम्मानित 44 शिक्षकमाथि आधारित वृत्तचित्र देखिएको थियो। सम्मानित बन्ने शिक्षकहरूले पनि आफ्नो कार्य अति इमानदारीका साथ जारी राख्ने आश्वस्त गरे।

उल्लेखनीय छ, सिक्किमका पूर्व उप मुख्यमन्त्री पीटी लकसमको निधनका कारण राज्यमा तीन दिवसीय राजकीय शोक घोषणा गरिएको छ। यस कारण राज्यस्तरीय शिक्षक दिवस कार्यक्रम अघिल्लो आदेशसम्मको निम्ति स्थगित गरिएको छ।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129