♦इस खबर को आगे शेयर जरूर करें ♦

पेदोङस्थित कटहरेमा पैह्रोको चपेटमा परेर एक वृद्धको मृत्यु

कालेबुङ, 04 सेप्टेम्बर। कालेबुङ पेदोङ खण्ड अन्तर्गत कटहरेमा आज बिहान 3:30 बजी पैह्रोको चपेटमा परेर एक वृद्धको मृत्यु भएको छ। उक्त पैह्रोको चपेटमा परेर 75 वर्षीय वीरबहादुर मंगरले ज्यान गुमाएका छन्। अविवाहित वीरबहादुर घरमा एक्लै बस्दै आइरहेका थिए। घर मास्तिरबाट आएको पैह्रोले उनलाई घरसितै सोर्दा उनको मृत्यु भएको हो।

सुतेकै अवस्थामा घरसितै पैह्रोले सोर्दा मृतक वीरबहादुरको शरीर क्षतविक्षत बनेको स्थानीय गाउँलेहरूले जानकारी गराएका छन्। दुर्घटनाको खबर पाउनसाथ कालेबुङ जिल्ला पुलिस घटना स्थलमा पुगेका थिए। पुलिसले शवलाई पोस्टमार्टमको निम्ति कालेबुङ जिल्ला अस्पताल पठाएको छ। उक्त घटनापछि क्षेत्रवासीमा त्रासको माहौल छाएको छ।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129