♦इस खबर को आगे शेयर जरूर करें ♦

लाहौरमा बिना भ्याक्सिनेशन पेट्रोल नपाइने

इस्लामाबाद, 27 अगस्त। पाकिस्तानमा कोरोनाको चौथो लहरबीच लाहौर प्रशासनले नयाँ कदम उठाएको छ। यहाँ जसले भ्याक्सिन लगाएका छैनन्, उनीहरूलाई 01 सेप्टेम्बरदेखि पेट्रोल दिइनेछैन। लाहौरको हरेक पेट्रोल पम्पमा ब्यानर लागइएको छ, जसमा लेखिएको छ, ‘नो भ्याक्सिनेशन नो फ्यूल’। अब 01 सेप्टेम्बरदेखि केवल ती मानिसहरूलाई पेट्रोल दिइनेछ, जससित कोरोना भ्याक्सिन लगाएको प्रमाण पत्र छ।

यसअघि योजनाको निम्ति संघीय मन्त्री असद उमरले घोषणा गरेका थिए कि जसले भ्याक्सिन लगाएका छैनन्, उनीहरूलाई 15 अक्टोबरदेखि सार्वजनिक वाहनहरूमा जाने अनुमति हुनेछैन। यस बाहेक जसले भ्याक्सिन लगाएको छैन, तिनीहरूलाई 31 अगस्तदेखि मोल्स र होटलहरूमा जाने अनुमति पनि हुनेछैन। 30 सेप्टेम्बर पश्च्यात् तिनीहरूलाई बिहेमा जाने अनुमति हुनेछैन, जसले भ्याक्सिनको दुई डोज लगाएका छैनन्। उल्लेख्य, पाकिस्तानमा कोरोना मामिलामा वृद्धि भएको कारण सरकारले दिनहुँ नयाँ नियम निकालिरहेछ, जसबाट प्रेरित भएर मानिसहरूले भ्याक्सिन अवश्य लगाओस्।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129