♦इस खबर को आगे शेयर जरूर करें ♦

एनसीडीएफआईका चेयरमेन मङ्गलजीत राईले केन्द्रिय राज्य मन्त्री बीएल बर्मासित भेट गरे

नेशनल कोअपरेटिभ डेरी फेडेरेशन अफ् इण्डिया (एनसीडीएफआई) का चेयरमेन मङ्गलजीत राईले 26 अगस्तको दिन कार्पोरेशन मन्त्रालयका केन्द्रिय राज्य मन्त्री बीएल बर्मासित नयाँ दिल्लीमा भेट गरे। चेयरमेन राईले आगामी दिनमा गान्तोकमा हुन गइरहेको भारतीय डेरी सहकारी सम्मेलनको समापन समारोहमा अतिथिको रूपमा निम्तो गरेका छन्। उनले राज्यमन्त्री बर्मालाई नवनिर्मित सिक्किम स्टेट कोअपरेटिभ युनियन लिमिटेडको भवन र सिक्किम सहकारी आन्दोलनका अध्यक्ष र निर्देशकहरूको सम्मेलनको पनि उद्घाटन गर्न निम्तो गरेका छन्।

केन्द्रिय राज्यमन्त्री बर्मासित भेटघाटपछि चेयरमेन राईले जानकारी दिँदै भने, ‘मैले केन्द्रिय मन्त्री वर्मालाई पूर्वोत्तर राज्यमा डोनर मन्त्रालयको तर्फबाट एनडीए सरकारले विकास गरेको सहकारी पूर्वाधारहरूलाई समर्पित गर्ने तथा पूर्वोत्तर राज्यलाई भारतको सहकारी आन्दोलनको नमूना बनाउनुपर्ने अनुरोध पनि गरेको छु।’

अर्कोतिर केन्द्रिय राज्य मन्त्री वर्माले सम्मेलनमा सहभागी हुने र विकासका परियोजनाहरूको उद्घाटन गर्न राजी भएको चेयरमेन राईले जानकारी गराएका छन्। यसका साथै उनले पूर्वोत्तर राज्यहरूमा सहकारी आन्दोलनलाई सशक्त पार्ने अनि गतिशील बनाउने वचन पनि दिएको बताए।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129