♦इस खबर को आगे शेयर जरूर करें ♦

पाकिस्तानले तालिबानलाई सुम्प्यो वान्टेड तहरीक-ए-तालिबान आतङ्कीको सूची

इस्लामाबाद, 25 अगस्त। पाकिस्तानले तालिबानलाई वान्टेड तहरीक-ए-तालिबान आतङ्कीहरूको सूची सुम्पेको छ। यो सूची तालिबानको प्रमुख हेब्तुल्ला अखुन्दजादालाई सुम्पिएको छ। अखुन्दजादाले पाकिस्तानको यस दाबीको जाँचको निम्ति तीन सदस्यीय आयोगको गठन गरेको छ। पाकिस्तानको दाबी छ कि टीटीपीले सीमा पारी आतङ्की हमलाहरूको षड़यन्त्रको निम्ति अफगानिस्तानको प्रयोग गरिरहेछ।

मीडिया रिपोर्ट अनुसार, इस्लामाबादले टीटीपी विरूद्ध कारबाहीको माग गरिरहेछ र उसका सहयोगीहरूले अगावै आतङ्की समूहको साथ वार्ता शुरू गरेका छन्। यस मामिलासित सम्बद्ध वरिष्ठ पाकिस्तानी अधिकारीले भनेका छन्, ‘हामीले तालिबानको साथ यस मुद्दामा वार्ता गरेका छौं र उसलाई अफगानिस्तानबाट सक्रिय वान्टेड टीटीपी आतङ्कीहरूको सूची पनि दिइएको छ। तालिबानले टीटीपी विरूद्ध कारबाही गर्नेछ भनी पाकिस्तानले आशा राखेको छ’। यद्यपि, अधिकारीले सूची साझा गरेका छैनन् तर पाकिस्तानले टीटीपी प्रमुख र उसका अन्य शीर्ष कमाण्डरहरू विरूद्ध कारबाहीको माग गरिरहेथियो भनिएको छ।

उल्लेख्य, दोहामा तालिबान र अमेरिकाबीच फरवरी 2020 को समझौता अनुसार, समूह क्षेत्रीय वा अन्तरराष्ट्रिय आतङ्कवादी समूहहरूलाई वैश्विक सुरक्षालाई खतरामा पार्न अफगान धरतीको उपयोग गर्ने अनुमति दिन मिल्दैन। अफगान तालिबानको प्रवक्ता सुहैल शाहीनले मीडिया एजेन्सीहरूलाई भन्यो, ‘यो चिन्ता जायज हो र हाम्रो नीति स्पष्ट छ कि हामी कसैलाई पनि पाकिस्तान सहित कुनैपनि छिमेकी देश विरूद्ध अफगानिस्तानको धरतीको प्रयोग गर्ने अनुमति दिनेछैनौं। यसैले उनीहरूले कुनै चिन्ता गर्नु पर्दैन’।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129