♦इस खबर को आगे शेयर जरूर करें ♦

तृणमूल कार्यकर्ताको घरमा विस्फोट

कोलकाता, 25 अगस्त। पश्चिम बंगालको मुर्शिदाबाद जिल्ला अन्तर्गत बहरामपुर बानजेटिया बेलतला क्षेत्रमा एक तृणमूल कांग्रेस कार्यकर्ताको घरमा विस्फोट भएको छ। यसमा कार्यकर्ताको आमा गम्भीर रूपमा घाइते भएकी छन्। प्रारम्भिक रूपमा पुलिसले अनुमान लगाएको छ कि घरमा भारी मात्रामा बमहरू जमा गरिएको थियो, जसमा विस्फोट भएको छ। बहरामपुर थाना सूत्रहरूले बुधबार जानकारी गराएको छ कि मंगलबार राति लगभग 8.30 बजी तृणमूल कार्यकर्ता प्रबीर मण्डलको घरमा जोडदार आवाजको साथ धमाका भएको थियो, जसले गर्दा घरको झ्याँल र छप्परको केही हिस्सा क्षतिग्रस्त भयो।

घरमा प्रबीर थिएन तर घरमा रहेकी उसकी आमा गम्भीर रूपमा घाइते भइन्। विस्फोटको आवाज सुनेपछि जमा भएका स्थानीय मानिसहरूले उनलाई निकालेर मुर्शिदाबाद मेडिकल कलेज अस्पतालमा भर्ती गराएका छन्। त्यहाँ उनको स्थिति गम्भीर बताइएको छ। घटना भएदेखि तृणमूल कार्यकर्ता फरार छ। यहाँ बम किन राखिएको थियो, यसको जाँच शुरू गरिएको छ। भारतीय जनता पार्टी र स्थानीय कांग्रेस नेतृत्वले आऱोप लगाएको छ कि विपक्षी कार्यकर्ताहरूको हत्या गर्नको निम्ति नै बमहरू जमा गरिएको थियो।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129