♦इस खबर को आगे शेयर जरूर करें ♦

प्रतिष्ठित दुईवटा संस्थानद्वारा लेखक तथा कवि किशन दाहाल सम्मानित

गान्तोक, 21 अगस्त। देशको 75औं स्वतन्त्रता दिवसको अवसरमा पश्चिम सिक्किमको सोरेङ, टिबुरबुङ निवासी लेखक किशन दाहाललाई सम्मानित गरिएको छ। उनलाई साहित्यिक योगदानको निम्ति गुजरातको साहित्य अकादमी गुजरात अनि विश्वको सबैभन्दा सक्रिय लेखक मञ्च मोटिवेशनल स्ट्रीप्सले सम्मानित गरेको हो।

यो जानकारी फोन मार्फत लेखक तथा कवि किशन दाहाल स्वयंले दिएका हुन्। उनले बताए अनुसार आफूलाई सम्मानित गरिएको प्रमाणपत्र हिजो 20 अगस्तको दिन प्राप्त गरेका हुन्। उनले जानकारी दिएका छन् कि यस संस्थाद्वारा उनलाई साल 2020मा पनि सम्मानित गरिएको थियो।

किशन दाहालको विषयमा भन्नुपर्दा उनी एक बहुभाषी कवि तथा लेखक हुन्। उनले साहित्य जगतलाई आफ्ना दुईवटा कृति दिइसकेका छन् भने उनका 25वटा जति रचनाहरू राष्ट्रिय अनि अन्तर्राष्ट्रिय सङ्कलनहरूमा प्रकाशित छन्। उनले दिएको जानकारी अनुसार आगामी केही दिनमा उनले साहित्य जगतलाई आफ्नो अर्को कृति पनि प्रदान गर्नेछन्।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129