♦इस खबर को आगे शेयर जरूर करें ♦

डेढ साल बित्दा पनि न्याय पाइएन भन्दै पत्रकारमाझ पुगे पीडित परिवार, आफ्ना दुई छोराको हत्या भएको दाबी

गान्तोक, 09 अगस्त। दक्षिण सिक्किमको राभाङलास्थित लाल बजार निवासी सावित्री राई र जर्मन राई (आमा बाबा) ले आफ्नो दुई छोराको हत्या भएको दाबी पुन: दोहोराएका छन्। आफ्नो दुई छोराको कथित हत्या भएको डेढ़ वर्षभन्दा धेरै समय बितेर जॉंदा पनि आफुहरूले न्याय नपाएको बताएका छन्। दम्पतिले राभाङला पुलिस थानाका कतिपय अधिकारीहरूमाथि अविश्वास व्यक्त गर्दै न्यायको निम्ति सरकार समक्ष गुहार लगाएका छन्।

पीड़ित सावित्री राई र जर्मन राईले आज जर्नलिस्ट यूनियन अफ सिक्किममा आयोजित एक संवाददाता सम्मेलनमा बताएअनुसार गत वर्ष जनवरी 2020 उनका दुई छोरा मिलन राई (22) र बसन्त राई (21) पोलोक तातोपानी गएका थिए। तर, दुवैजनाको तातोपानीमा डूबेर मृत्यु भयो। दश दिनपछि दुवैको शव चिल खोलामा भेटियो।

उनीहरूले छोराको शव जुन अवस्थामा भेटियो त्यसबाट हत्या भएको हो भन्ने आशंका उत्पन्न भएको बताए। यस सम्बन्धमा आफुहरूले निष्पक्ष जॉंचको माग गर्दै आइरहेको भए तापनि सम्बन्धित निकायबाट अपेक्षित सहयोग प्राप्त नभइरहेको बताए। यस घटनाबारे मुख्यमन्त्री र मुख्यमन्त्रीकी धर्मपत्नीलाई समेत जानकारी रहेको बताउॅंदै उनीद्वयले आवश्यक हस्तक्षेपको निम्ति अनुरोध गरे।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129