♦इस खबर को आगे शेयर जरूर करें ♦

केन्द्रिय सञ्चार मन्त्रीले 31 अगस्तसम्म सिक्किमको निम्ति स्वतन्त्र बीएसएनएल सर्कलको आश्वासन दिए

गान्तोक, 09 अगस्त। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नयॉं दिल्लीस्थित रेल भवनमा केन्द्रिय सञ्चार, रेलवे, इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवसित भेट गरे। मुख्यमन्त्रीले नयॉं पदभारको निम्ति मन्त्रीलाई बधाई दिॅंदै उनको सफल कार्यकालको कामना गरे।

उनले ध्वजवाहक योजना डिजिटल पहलबाट सिक्किमलाई धेरै लाभ पुगिरहेको बताए। उनले राष्ट्रिय सूचना विज्ञान केन्द्र (एनआईसी), सिक्किम राज्य एकाईले ई-शासन परियोजना र अन्य परियोजनाहरू कार्यान्वयनमा निरन्तर समर्थन प्रदान गरिरहेको पनि बताए। उनले डिजिटल शिक्षण र सिख्ने प्रक्रिया, विभिन्न जिल्लाहरूबाट अनलाइन सभा, अन्य सेवाहरूसित स्वास्थ्य सेवाहरूको समन्वयमा एनआईसीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ भनी बताए।

मुख्यमन्त्रीले सिक्किम पैह्रो जोखिम क्षेत्रमा पर्छ र विशेषगरी वर्षाको मौसमा सड़क सम्पर्क प्राया बाधित रहन्छ, फलस्वरुप जन सेवा निकै प्रभावित बन्ने गर्दछ भनी अवगत गराए। उनले सरकारलाई जनताको घरदैलोसम्म पुऱ्याउन र सबका साथ सबका विकास सुनिश्चित गर्न खण्ड अनि गाउॅंस्तरसम्म इलेक्ट्रोनिक सेवालाई सुदृढ़ बनाउन अनुरोध गरे। उनले शिक्षाको लागी नवीनतम एकीकृत जिला सूचना प्रणाली 2019-2020 बारे जानकारी गराउॅंदै यसमा सिक्किमले अन्य राज्यहरूको तुलनामा राम्रो प्रदर्शन गरेको बताए। उनले राज्यमा ब्यान्डविड्थ र इन्टरनेट कनेक्शनको सजिलो उपलब्धताको नितान्त आवश्यकता रहेको बताउॅंदै केन्द्रिय मन्त्रीलाई वर्तमान ब्यान्डविड्थ 10 एमबीपीएसलाई बढ़ाएर 1 जीबीपीएस बनाउन र सिक्किमको निम्ति एउटा स्वतन्त्र बीएसएनएल सर्कलको अनुरोध गरे।

मुख्यमन्त्री तामाङले सूचना प्रविधि क्षेत्रमा विशेष आर्थिक क्षेत्रको स्थापनालाई स्वीकृत गरिएकोमा केन्द्रिय मन्त्रीप्रति आभार व्यक्त गरे। उनले यसको निम्ति अगावै भूमि चिन्हित गरिएको पनि जानकारी गराए। उनले एनआईसीएनईटीसहित एनआईसी-ब्लक सेन्टर स्थापनाको कार्यलाई तीव्रता प्रदान गर्न पनि अनुरोध गरे।

केन्द्रिय मन्त्रीले 31 अगस्तसम्ममा सिक्किमको निम्ति स्वतन्त्र बीएसएनएल सर्कल प्रदान गर्ने आश्वासन दिए। यसरी नै उनले मुख्यमन्त्रीको अनुरोधमा सिक्किमे डिजाइनको आधारमा रेलवे स्टोशन निर्माण गर्ने पनि स्वीकृति दिए। मुख्यमन्त्रीले कुनै पनि विषयको निम्ति आफुसॅंग व्यक्तिगत रूपमा सम्पर्क गर्न सक्ने उनले बताए।

यस अवसरमा मन्त्री बीएस पन्त, मन्त्री डा. एमके शर्मा, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ र मुख्यमन्त्रीका सचिव एसडी ढकाल पनि उपस्थित रहेको जानकारी मुख्यमन्त्री कार्यालयले प्रेस विज्ञप्तिमा दिएको छ।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129