♦इस खबर को आगे शेयर जरूर करें ♦

बीसीसीआईले टोक्यो ओलम्पिकमा पदक जित्ने खेलाड़ीहरूलाई नगद पुरस्कार दिने घोषणा गऱ्यो

नयाँ दिल्ली, 08 अगस्त। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले टोक्यो ओलम्पिकमा पदक जित्ने खेलाड़ीहरूलाई नगद पुरस्कार दिने घोषणा गरेको छ। बीसीसीआई सचिव जय शाहले ट्वीट गरी भने, ‘स्वर्ण जित्ने नीरज चोपड़ालाई 1 करोड़, रजत जित्ने खेलाड़ीहरूलाई 50 लाख, जबकि कांस्य पदक जित्ने खेलाड़ीहरूलाई 25-25 लाख रूपियाँ प्रदान गरिनेछ। यस बाहेक भारतका पुरूष हकी टीमलाई 1.25 करोड़ रूपियाँ पुरस्कारको रूपमा दिइनेछ’।

ज्ञात होस्, भारतले यस पाली ओलम्पिकमा कूल 7 पदक जितेको छ। यसमा एक स्वर्ण, 2 रजत र 4 कांस्य सामेल छन्। यसअघि देशलाई 2012 लन्दन ओलम्पिकमा 6 पदक (2 रजत, 4 कांस्य) हासिल भएको थियो। टोक्योमा भारतलाई भाला फेकमा नीरज चोपड़ाले स्वर्ण, वेटलिफ्टर मीराबाई चानू र पहलवान रवि कुमार दहियाले रजत पदक दिलाए। त्यही, शटलर पीवी सिन्धु, पहलवान बजरंग पूनिया, महिला मुक्केबाज लवलीना बोरगोहेन र पुरुष हकी टीमले कांस्य पदक जिते।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129