♦इस खबर को आगे शेयर जरूर करें ♦

नीरज चोपड़ाले आफ्नो ओलम्पिक स्वर्ण पदक मिल्खा सिंह र पीटी उषाको नाम समर्पित गरे

नयाँ दिल्ली, 08 अगस्त। ओलम्पिक स्वर्ण पदक विजेता जेवलीन थ्रोवर नीरज चोपड़ाले टोक्यो ओलम्पिकको आफ्नो पदक ट्र्याक र फील्ड दिग्गज मिल्खा सिंह र पीटी उषालाई समर्पित गरेका छन्। मिल्खा सिंह, जसको यस सालको शुरूआतमा निधन भएको थियो, उनको सपना सदैव एक एथलीटलाई ओलम्पिकमा स्वर्ण पदक जितेको हेर्नु थियो।

यसअघि पीटी उषा 1984 को ओलम्पिकमा पदक जित्न नजिक पुगेकी थिइन् तर उनी अन्ति समयमा पछि रहिन्। नीरजले भने, ‘मिल्खा सिंहको सपना थियो कि एक भारतीय एथलीटले ओलम्पिकमा एथलेटिक्समा पदक जितोस्, उनले संधैदेखि कसैलाई स्वर्ण पदक दिलाउन चाहन्थे, अब त्यो सपना पूरा भएको छ तर उनी यहाँ हामीसित छैनन्।

यदि उनी यहाँ भएको भए, उनलाई गर्व हुन्थ्यो। म यो पदक उनलाई र पीटी उषालाई समर्पित गर्नेछु। पीटी उषा केही सेकेन्डले पदकदेखि पछि रहेकी थिइन्, मलाई लाग्छ कि उनको सपना पनि पूरा भएको छ’। नीरज चोपड़ाले शनिबार ओलम्पिकमा 87.58 मीटरको दूरीसम्म भाला फ्याँकेर स्वर्ण हासिल गरे। उनले भने, ‘म ओलम्पिकमा आफ्नो सर्वश्रेष्ठ दिन चाहन्थे तर जबसम्म म स्वर्ण पदकबारे निश्चित थिइन तबसम्म मलाई आराम थिएन। अन्य प्रतिभागी धेरै राम्रो थिए।

मानसिक रूपमा तयार हुनु महत्वपूर्ण छ, म स्वर्ण पदकबारे निश्चित थिए। मैले उनीहरूको अन्तिम प्रयास देखे, मलाई थाहा थियो कि मैले स्वर्ण पदक पाइऱहेछु र मैले खुशियाली मनाए’।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129