♦इस खबर को आगे शेयर जरूर करें ♦

तारा श्रीस मगरको गीत ‘आमा’ सार्वजनिक

काठाण्डौ, 08 अगस्त। गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को फस्ट रनरअप तारा श्रीस मगरको स्वरमा रहेको गीत ‘आमा’ सार्वजनिक भएको छ । रश्मी काली थापाको शब्द, अष्ट लामाको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

भ्वाइस अफ नेपालमा आफ्नो स्वरको जादुबाट सबैको मन जित्न सफल हुनुभएको थियो ताराले । गीतकारका रुपमा रश्मीको यो सार्वजनिक पहिलो गीत हो ।

जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा अग्रज अभिनेत्री शर्मिला मल्ल र नायिका अफ्सना थापाको अभिनय रहेको छ । आमाका बारेमा लेखिएको यो गीतलाई निक्कै मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।

गीत जति मनछुने छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । परदेशमा रहेका नारीहरूले स्वदेशमा रहनुभएको आमाको सम्झनामा भाव पोखिएको छ । विदेशमा रहँदा आमाको सम्झनाले ब्याकुल बनाएको गीतमार्फत प्रस्तुत गरिएको छ ।

दिपेन बस्न्यातको छायाँकन तथा सम्पादन रहेको भिडियो भकारी एमडिसीले निर्माण गरेको हो । गीतको भिडियो बेष्ट टोन म्युजिकको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129