♦इस खबर को आगे शेयर जरूर करें ♦

एसकेएम पार्टीको जन कल्याण प्रकोष्ठको समन्वय सभा सम्पन्न

नाम्ची, 07 अगस्त। नाम्ची बजारस्थित एसकेएम पार्टीको जिल्ला कार्यालयामा आज पार्टीको जन कल्याण प्रकोष्ठको समन्वय सभा बस्यो। सभाको अध्यक्षता सो प्रकोष्ठका राज्यस्तरीय संरक्षक प्रभाकर गोलेले गरेका थिए।

सभामा सम्बोधन गर्दै संरक्षक गोलेले यस प्रकोष्ठको उद्देश्य गरीब जनतालाई स्वास्थ्यको क्षेत्रमा सेवा पुऱ्याएर पार्टीलाई अझ दरिलो बनाउन रहेको बताए। पार्टी अध्यक्ष पीएस गोलेको एउटा सोंच गरीब जनतालाई स्वास्थ्यको राम्रो सुबिधा दिनु रहेको कारण जन कल्याण प्रकोष्ठ गठन गरिएको जानकारी गराउॅंदै सो प्रकोष्ठको माध्यमद्वारा धेरै जनताको सेवा गरिसकेको बताए।

सभामा पार्टीको दक्षिण जिल्ला उपाध्यक्ष प्रभारी सतिशचन्द्र राईले स्वास्थ्य विषयमा काम गर्ने यस प्रकारको प्रकोष्ठ अन्य पार्टीमा नभएको बताउॅंदै यसको लागि दक्षिण जिल्लाका जनताको तर्फबाट पार्टी अध्यक्ष पीएस गोलेलाई धन्यवाद दिए। यस प्रकोष्ठलाई अझ सक्रिय बनाउन पार्टीले पहल गरिरहेको पनि उनले बताए।

सभामा मुख्यमन्त्रीका राजनीतिक सचिव (दक्षिण) अंजिता राजालिम, नाम्ची-सिंगीथाङका सीएलसी अध्यक्ष टांसी तामाङ, पोकलोक-कामराङका सीएलसी अध्यक्ष दाउगेल लेप्चा आदिले पनि सम्बोधन गरेका थिए।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129