♦इस खबर को आगे शेयर जरूर करें ♦

दार्जीलिङ अभिभावक फोरमको स्थापना

दार्जीलिङ, 06 अगस्त। गोर्खा जनमुक्ति मोर्चाका कार्यकारी अध्यक्ष अनित थापाको पहलमा दार्जीलिङ अभिभावक फोरमको गठन गरिएको छ। उक्त अभिभावक फोरमको कार्य परिचालन गर्न एउटा समितिको गठन गरिएको छ जसको मुख्य संयोजकको रुपमा दार्जीलिङका पूर्व विधायक अमरसिंह राईलाई चयन गरिएको छ। त्यसरी नै सदस्यहरुमा दावा लामा, जोर्डन नर्बु, डि बी गुरुङ, डि के प्रधान, यिङ चुङ अनि तिलक देवान आदि रहेका छन्।

फोरम स्थापनापछि फोरमका मुख्य संयोजक अमरसिंह राईले आफ्नो कार्यक्रम विषय जानकारी दिँदै दार्जीलिङको धेरै समस्या छन्, ती समस्याको कसरी हल गर्नु र कुन अधिकारी कहाँ जानु इत्यादि कुराहरू सबैको निम्ति फोरम गठन भएको हो भनी बताएका छन्। फोरमले के काम गर्ने विषय जानकारी दिॅंदै उनले वर्तमान समयको मुख्य मुद्दा नै कोविडको तेस्रो लहरमा दार्जीलिङ पनि होमिन सक्छ र यदि यय प्रतिशत दार्जीलिङ शहरका मानिसहरूलाई भ्याक्सिन लगाउन सकियो भने हाम्रो दार्जीलिङ शहरको निम्ति असल कुरा हुनेछ भनी बताए।

त्यसरी नै बंगाल सरकारद्वारा पूजापछि स्कूल खोल्ने कुरा चल्दैछ र विद्यार्थीहरुलाई भ्याक्सिन लगाउनु नै पर्नेछ र यसतर्फ कार्य गरिने बताएका छन्। मुख्य संयोजक राईले हामी शुरु शहर क्षेत्रबाट गर्नेछौं अनि विस्तारै गाउँ अनि कमान पस्ने छौं भन्दै दार्जीलिङ नगरपालिकाको वार्डबाट कार्य शुरु गर्नेछौं भनी बताए। उनले आगामी दिनमा कलेजका विद्यार्थीहरुलाई कलेजमा नै भ्याक्सिन लगाउनु सकियो भने धेरै राम्रो हुनेछ भन्दै बंगाल सरकारको द्वारे सरकार कार्यक्रमलाई पनि गाउँ बस्तीसम्म पुर्याउने कार्य फोरममार्फत हुनेछ भनी बताए।

राईले यो नयाँ शुरुवात हो, यसमा सफल भयौं भने हामी हाम्रो समाजको निम्ति धेरै काम गर्न सक्षम हुनेछौं, कारण समाज सेवा नै हाम्रो मुख्य उद्देश्य हो भनी बताए। यस कार्यको शुरूवात भोलि बिहान 10.30 बजे फोरमको टोलीले जिल्लापाललाई भेट्ने कार्यक्रम रहेको पनि जानकारी प्राप्त भएको छ।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129