♦इस खबर को आगे शेयर जरूर करें ♦

चियाबारी श्रमिकहरूको हक र अधिकारको लागि डीटीडीपीएलयुले सांगठनिक सभा गर्ने

खरसाङ, 06 अगस्त। चियाबारी श्रमिकहरूको हक र अधिकारको लागि दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेवर युनियन (डीटीडीपीअलयु) ले कार्य गर्नलाई रणनीति तयार पार्न आज खरसाङको महानदीमा गोजमुमो दुईको खरसाङ महकुमा समितिको पदाधिकारीवर्ग, डीटीडीपीएलयुको खरसाङ महकुमा समिति र तीनधारे- महानदी समष्टिको जोनल कमिटीको पदाधिकारीहरूमाझ भेटघाट गरी भावी रणनीति तयार पारिएको छ।

उक्त भेटघाटपछि डीटीडीपीएलयुको तीनधारे- महानदी समष्टिभित्र पर्ने सबै युनिट कमिटीहरूलाई सांगठनिक रुपमा बलियो पार्ने निर्णय गर्दै जोनल कमिटी अधीनस्थ रहेका सबै 12 वटै युनिट कमिटीहरूलाई लिएर सांगठनिक सभा गरिने भएको छ। उक्त सभा आगामी 8 अगस्त आईतबारको दिन अपरान्ह्र 1 बजीदेखि महानदीमा गरिने छ।

उक्त भेटघाटमा गोजमुमो खरसाङ महकुमा समितिको सांगठनिक सचिव राजीव थापा, महकुमा उप सभापति प्रेम प्रधान, डीटीडीपीएलयुको केन्दीय सल्लाहकार शेखरचन्द्र प्रधान, केन्द्रिय सह सचिव राजेस थापा, डीटीडीपीएलयुको खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, उप सभापतिद्वय जनक छेत्री र राजेन प्रधान, तीनधारे महानदी समष्टी जोनल सभापति गणु छेत्री उपस्थित थिए।

सभापछि पत्रकारहरूसित कुराकानी गर्दै डीटीडीपीएलयुको तीनधारे- महानदी समष्टि जोनल कमिटीको सभापति गणु छेत्रीले आज गोजमुमो खरसाङ महकुमा समिति र डीटीडीपीएलयुको खरसाङ महकुमा समिति साथै तीनधारे- महानदी समष्टिको जोनल कमिटीका पदाधिकारीहरूमाझ भावी रणनीति तयार पार्नलाई सर सल्लाह गरिएको बताए।

उनले चुनाउ अघिसम्म चियाबारीको श्रमिकहरूको निम्ति कार्य गर्दै सीओडीको कार्य गरिरहेको र पुन: श्रमिकहरूको हक र अधिकारको लागि कार्य थाल्दै आगामी 8 अगस्त आईतबारको दिन दिउँसो 1 बजेदेखि महानदीमा तीनधारे- महानदी समष्टी अन्तर्गत पर्ने सबै युनिटहरूलाई लिएर सभा गरिने भएको बताए। उनले गोजमुमोको वर्तमान कार्यकारी अध्यक्ष अनित थापालाई हामी तीनधारे- महानदी समष्टिका सबै युनिटहरूले समर्थन गरेको र अनित थापाको साथमा सदैव रहने पनि बताएका छन्।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129