♦इस खबर को आगे शेयर जरूर करें ♦

बिमलपन्थी गोजमुमोद्वारा सर सफाई कार्यक्रम सम्पन्न

खरसाङ, 04 अगस्त । गोजमुमो बिमल खेमाका कार्यकर्ताहरूले खरसाङ नगरपालिकाको वार्ड नम्बर 13 मा सफाई कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रममा पार्टी कार्यकर्ताहरूले वार्डको विभिन्न स्थानमा रहेको नाली, झोड़ा, बाटो सफाई गरेका छन्। यसका साथै पार्क लोकेशनमुनि छेत्री भवनको पछिल्तिर धेरै वर्षदेखि पुरिएको नाली पनि खोल्ने कार्य पार्टी कार्यकर्ताहरूले गरेका छन्।

सफाई कार्यक्रमको बारेमा बताउँदै गोजमुमो वार्ड समिति सचिव सुरेन गिरीले वार्डमा फोहोर-मैला थुप्रिएको अनि छेत्री भवनको पछिल्तिरको वर्षौंदेखि नाली बन्द रहेकाले वार्डवासीले साफ सफाईको निम्ति आग्रह गरेका थिए भनी बताए। उनले वार्डवासीकै आग्रहका कारण सफाई कार्यक्रम सम्पन्न गरिएको बताए। सफाई कार्यक्रम अन्तर्गत वार्डमा रहेको नाली, झोड़ा, बाटो अनि चिया बगान र गाउँको सीमा क्षेत्रमा रहेको स्थानमा थुप्रिएको फोहोर-मैला संकलन गरेर जलाउने कार्य गरिएको उनले बताए।

यसरी वार्डमा सफाई कार्यक्रम सम्पन्न गरिएकोमा वार्डवासीले पार्टी कार्यकर्ताहरूलाई धन्यवाद दिएका छन्। गोजमुमले अघिबाट नै यस प्रकारको सामाजिक कार्यहरू गर्दै आएको छ। यसै क्रममा आफुहरूले आज वार्डको सफाई पनि गरेको उनले बताए। कोरोना महामारीको समयमा पनि वार्ड साथै नगरपालिकाका विभिन्न वार्डमा सेनिटाइज गर्ने कार्य गरिएको बताए।

प्राप्त जानकारी अनुसार नारी मोर्चा खरसाङ टाउन कमिटी सचिव शोभा छेत्रीको आगुवाईमा सम्पन्न यो सफाई कार्यक्रममा गोजमुमो खरसाङ टाउन कमिटी कार्यवाहक अध्यक्ष विक्रम तामाङ, उपाध्यक्ष सुधीर गुरूङ, नारी मोर्चा खरसाङ महकुमा समिति सांगठनिक सचिव शिलु मोक्तान, वार्ड न. 13 की नारी मोर्चा सचिव एजिला तामाङ, गोजमुमो वार्ड समिति सचिव सुरेन गिरी, गुजुङ भोटिया, नारी मोर्चा कार्यवाहक वार्ड अध्यक्ष जुनी गुरूङ, कामा डोमा भोटिया अनि अन्यान्य सामेल रहेका थिए।

 


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129