♦इस खबर को आगे शेयर जरूर करें ♦

भाजपा चिया मजदूर संगठन चाँडै गठन हुने

खरसाङ, 04 अगस्त (हि.स.)। चियाबारी क्षेत्रमा कार्यरत् श्रमिकहरूका हक अनि अधिकारको लागि भारतीय जनता पार्टीले पनि आफ्नो संगठन चॉंडै गठन गर्ने भएको छ। भाजपाले चिया कमानमा कार्यरत हजारौं मजदूर र कर्मचारीहरु अहिले पनि शोषित छन् र उनीहरूको रोजी, तलब सन्तोषजनक छैन भने निम्नतम मजदूरी ऐन लागू गर्न राज्य सरकार विफल बनेको बताएको छ। यसरी नै कमानका मजदूरहरूको नाममा एक चपरी माटो छैन, यूनियनहरु छन् तर मजदूरको हित,हक अनि अधिकारको रक्षाभन्दा मालिक र सरकारलाई खुशी पार्ने चरित्रका छन् भनी बताएका छ।

यसैकारण चिया श्रमिकहरुका अवस्था अहिले पनि संकटपूर्ण छ। यी सबै विषयहरूलाई उजागर गर्दै दार्जीलिङ पहाड, तराई र डुवर्सका चियाबारी समस्यालाई सांगठनिक रुपले उठान गर्न भाजपाले आफ्नो संगठन मजबूत गर्ने उद्देश्य लिएर एक सभा आज खरसाङमा आयोजना गरेको छ। सभाको अध्यक्षता खरसाङ मण्डल सभापति मदन जोगीले गरेका थिए भने भाजपा जिल्ला नेताहरु एलेम लामा र सावन राई विशेष रुपमा उपस्थित थिए। सभामा पानीघटा, लङभ्यु, मन्टिभिट, अम्बटे, सिङगेल, मकैबारी, रोहिनी, काफेबारी, लिङ्गे, मारेबुङ, चुङथुङ, लिजाहिल आदि चिया कमानहरुबाट धेरै प्रतिनिधिहरु उपस्थित थिए।

सभालाई भाजपा दार्जीलिङ जिल्ला उपाध्यक्ष एलेम लामा र महासचिव सावन राईले सम्बोधन गरेका थिए। सबै प्रतिनिधिहरुका सल्लाह र सुझाउ बमोजिम चिया कमान क्षेत्रमा जनताले एउटा विकल्प मजदूर संगठनको आवश्यकता बोध गरेको छ। जसको लागि भाजपाले सांगठनिक गठन प्रक्रियालाई बढाउदै जनतासित जनसम्पर्क अभियान गर्ने निर्णय गरेको छ। निकट भविष्यमा यूनियनको रुपरेखा तैयार गरी सबै शाखा स्तर र सम्बन्धित निकायलाई सजक गर्ने काम गर्ने भएको छ।

सभाको निर्णय अनुसार कर्मसूची लिएर अघि बढने र यसको लागि भाजपा जिल्ला कमिटीले चिया कमानका प्रतिनिधिहरुलाई लिएर सांगठनिक अधिवेशन अगस्तको अन्तिम साताभित्र गर्ने भएको छ। यो कामलाई अग्र गति प्रदान गर्न भाजपा जिल्ला उपाध्यक्ष एलेम लामालाई विशेष पहल गर्ने जिम्मेवारी दिइएको छ।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129