♦इस खबर को आगे शेयर जरूर करें ♦

प्रधानमन्त्री र खेलमन्त्रीले बढ़ाए भारतीय टीमको हौसाल

नयाँ दिल्ली, 03 अगस्त। टोक्यो ओलम्पिकको सेमीफाइनल म्याचमा भारतीय पुरूष हकी टीमलाई बेल्जियमले 5-2 ले पराजित गऱ्यो। पराजयपछि पूरा देश टीमको साथ खड़ा छ। प्रधानमन्त्री नरेन्द्र मोदी र खेल मन्त्री अनुराग ठाकुरले ट्वीट गरी टीमको हौसला बढ़ाएका छन्। प्रधानमन्त्रीले ट्वीट गरी भनेका छन्, ‘हार-जित त जीवनको हिस्सा हो। टोक्यो ओलम्पिक 2020 मा हाम्रो पुरूष हकी टीमले आफ्नो सर्वश्रेष्ठ दियो औं यही महत्वपूर्ण हो। टीमलाई आगामी म्याच र उसको भविष्यको प्रयासहरूको निम्ति शुभकामना। भारतलाई आफ्ना खेलाड़ीहरूमाथि गर्व छ’।

त्यही, खेल मन्त्री अनुराग ठाकुरले भने, ‘बोयज, तपाईले राम्रो खेले। तपाईले आफ्नो सर्वश्रेष्ठ दिए। हामी तपाईको साथ छौं। तपाईसित अहिलेपनि एउटा म्याच छ। हामी हौं, टीम इण्डिया र हामी कहिले पनि हार मान्दैनौं’।

ज्ञात होस्, एलेक्सजेन्डर हेन्ड्रिक्सको ह्याट्रिकको परिणाम स्वरूप बेल्जियमले भारतीय पुरूष हकी टीमलाई 5-2 ले पराजित गरी टोक्यो ओलम्पिकको फाइनलमा प्रवेश गरेको छ। यस रोमाञ्चक म्याचमा भारतीय टीम एक समय 2-1 ले अघि थियो तर यसपछि हेन्ड्रिक्सले शानदार प्रदर्शन गर्दै ह्याट्रिक गोल गरी बेल्जियमलाई फाइनलमा पुऱ्याए। भारतीय टीम अब कांस्य पदकको निम्ति खेल्नेछ।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129