♦इस खबर को आगे शेयर जरूर करें ♦

ओलम्पिकमा ह्याट्रिक लगाउने प्रथम भारतीय महिला खेलाड़ी बनिन् वन्दना कटारिया

टोक्यो, 31 जुलाई। भारतीय महिला हकी टीमको खेलाड़ी वन्दना कटारियाले टोक्यो ओलम्पिकमा इतिहास रचेकी छन्। उनले शनिबार डू ओर डाय म्याचमा दक्षिण अफ्रिका विरूद्ध ह्याट्रिक लगाएर ओलम्पिक इतिहासमा हकीमा ह्याट्रिक लगाउने पहिलो भारतीय महिला खेलाड़ी बनेकी छन्। वन्दनाले दक्षिण अफ्रिका विरूद्ध एकपछि अर्को तीन गोल गरी भारतलाई 4-3 ले जित दिलाइन्। उनको शानदार प्रदर्शनको फलस्वरूप भारत ग्रुप ए को आफ्नो अन्तिम म्याच जित्नमा सफल रह्यो।

यसको साथै भारतीय टीमले क्वार्टरफाइनलको आशालाई कायम राख्यो। वन्दनाले भारतको निम्ति चौथो, 17औं र 49औं मिनटमा गोल गरिन्। यस बाहेक भारतको निम्ति चौथो गोल नेहा गोयलले 32औं मिनटमा गरेकी थिइन्। वन्दनाको यस एतिहासिक प्रदर्शनमा हकी इण्डियाले ट्वीट गरी लेखेको छ, ‘इतिहास रचिएको छ। वन्दना कटारियाले ओलम्पिकमा भारतीय महिला हकी टीमको निम्ति पहिलो ह्याट्रिक बनाइन्’।-हिस


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129